मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

काग्रेंसको परिचयात्मक कार्यक्रम

काग्रेंसको परिचयात्मक कार्यक्रम


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

स्याङ्जा, जेठ ६– नेपाली काँग्रेस क्षेत्र नं २ स्याङ्जाले नेता तथा कार्यकर्ताहरुबीच बिपी चोक वालिङमा परिचयात्मक कार्यक्रम गरिएको छ । निर्वाचन आयोगले स्याङ्जालाई २ वटा क्षेत्र बनाएसगै पार्टीका नेता तथा कार्यकर्ताहरु बिच परिचय गर्ने गराउने उदेश्यले क्षेत्र नं २ मा कार्यक्रमको गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अहिलेको अवस्थामा नेपाली काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।
नेपाली काँग्रेसका नेता कार्यकर्ता एकले अर्काको खुट्टा तानेर नभई हातेमालो गर्दै पार्टीलाई मजबुत बनाउनुपर्ने बताए ।नेपाली काँग्रेस हार्नु भनेको मुलुकले हार्नु भएको बताउदै नेता श्रेष्ठले भने— “चुनाव हारेर हरेस होईन उत्साहित भएर लागेमा आगामी निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्नेछ। ”सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै नेता श्रेष्ठले सरकारले अधिनायकवादी शैलीमा जनताका अधिकारहरु खोस्दै गएको बताए ।
सरकारले दुई तिहाईको दम्भ देखाउँदै भ्रष्टाचारलाई बढावा दिंदै गएकाले प्रमुख प्रतिपक्षी दलको नाताले नेपाली काँग्रेसले भ्रष्टाचार विरुद्धको आवाज बुलन्द पार्नुपर्नेमा नेता श्रेष्ठले जोड थियो ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले अहिलेको अवस्थामा सरकारका गतिविधिप्रति पार्टी चुप लागेर बस्न नहुने बताए। नेता कार्यकर्ता फुटेर होईन जुटेर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा गुरुङले जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी, साविक क्षेत्र नं. ३ का सभापति देबबहादुर खाँण (ईश्वर), क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्याल, कार्यबहाक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतले मन्तब्य राखेमा थिए । कार्यक्रममा विशेष स्याङ्जाको साविक क्षेत्र नं. २ र ३ का नेपाली काँग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->