गलकोट ,९ जेठ – काडेबासमा सञ्चालित ३ दिने दलित सशक्तिकरण तथा अभिमुखिकरण तालिमको वुधवार समापन गरिएको छ ।
जातिय बिभेद बिरुद्धको एकता आजको आबश्यकता भन्ने मुल नारा सहित गलकोट नगरपालिका वडा नम्बर ८ को आयोजना गत सोमबार देखि तालिमसुरु भएको थियो।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिका प्रशासकिय अधिकृत तुल बहादुर बि.कले दलिहरुको सशक्तिकरण क्षमता बिकासको कार्यक्रम संगैं सिपमुलक कार्यक्रममार्फत गर्न सकिने बताए । अधिकृत बिकले संबिधानमा उल्लेख गरिएको अधिकारहरुको दलितहरुले नैै उपयोग गर्न नसकेर पछाडि परेको बताए ।
तालिममा दलित शसक्तिकरण, जनचेतनाको अभिबृद्धि तथा समाजमा हुने जातिय छुवाछुत र त्यसले समाजमा पारेको प्रभाबको बिषयमा प्रशिक्षक रेशम नेपालिले सहजिकरण गरेका थिए। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगरपालिका वडा नं ८ वडा कमिटि अध्यक्ष आत्मराम शर्मा, नेपाली काग्रेस गलकोट नगरपालिका वडा नं ८ का सभापति ढालिन्द्रप्रसाद गौतम, राष्टिय जनमोर्चा गलकोट नगरपालिका वडा नं ८ वडा कमिटी अध्यक्ष याम सुनार, पुर्व काडेवास गाबिस उपाध्यक्ष भिम शेरचन, गलकोट नगरपालिका वडा नं ८ का वडा सदस्य पुर्ण बहादुर सुनार, सहजकर्ता रेशम नेपाली, सहभागीको तर्फबाट सुनिता बि.क र शुशिल कुमार लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रम गलकोट नगरपालिका वडा नम्बर ८ का कार्यवाहक अध्यक्ष घनश्याम चालिसेको अध्यक्षता र सामाजिक परचालिका अनिता कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा ३९ जना सहभागि रहेको थियो ।





