शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रिघामा सार्वजनिक सुनुवाई ,

रिघामा सार्वजनिक सुनुवाई ,


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७६, बिहिबार

गलकोट,९ जेठ – गलकोट नगरपालिका – ११ रिघामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।स्थानिय तहमा सुसासन, सामाजिक उत्तरदायित्व र पार्दशिताका लागी आयोजना गरिएको कार्यक्रममा स्थानिय शंकर प्रसाद पुन, झविलाल चालिसे, गुञ्ज बहादुर घर्ती, श्याम सुनार, तारा बहादुर पुन, आशा श्रीस लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो ब्यक्त गरेका थिए। आर्थिक वर्ष २०७५÷७६ मा गलकोट नगरपालिका वडा नं ११ मा ४५ वटा योजनाको लागि १ करोड ५० लाख बजेट विनियोजन भएको थियो । रिघामा सञ्चालित योजनाहरु मध्ये १९ वटा योजना सम्पन्न भईसकेको २६ वटा योजनाको काम चलिरहेको २ लाख २७ हजार १ सय ६०,रुपैया राजस्व संकलन भएको वडा सचिव डिल बहादुर श्रीसले जानकारी दिए।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा लाई वडा अध्यक्ष डम्मरबहादुर श्रीस,वडा सदस्य श्याम श्रीस, दल बहादुर बुढाथोकी, माया सिंजाली र सचिव डिल बहादुर श्रीसले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पहुचका आधारमा बजेट बिनियोजन भएको, शिक्षामा समान रुपमा बजेट विनियोजन नभएको, प्रभावकारी अनुगमन नभएको,रकम निकाशा गर्न वडा कार्यलयले सहजीकरण नगरेको ,अनुदान रकम प्रभावकारी नभएको, खानेपानीको समस्या भएको, विद्युतमा अर्थिङको व्यवस्थापन नभएको, स्टिमेट अंग्रेजी भएर गारो भएकोे जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै जनप्रतिनिधिहरुले गलकोट नगरपालिका ११ लाई समृद्ध बनाउनका लागी योजना छनोट गरि प्राथमिकिकरणका आधारमा काम गर्ने, वडा भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने, आगामी बर्षका योजनाहरु छनोट तथा प्राथमिकिकिरण गर्दा जनताको सहभागितालाई मध्यनजर गर्ने, वाड भित्रका महिला, दलितहरुको आवाजलाई उठाउनका लागी आफुहरुले महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको उदेश्य माथी गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सञ्चालक समिति सदस्य बुल बहादुर केसीले जानकारी गराएका थिए ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सञ्चालक समिति सदस्य बुल बहादुर केसीको अध्यक्षता, वडा सचिव दिल बहादुर श्रीसको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->