गलकोट,१० जेठ – गलकोट नगरपालिका – ४ ओखरबोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोग र सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । स्थानिय तहमा सुसासन, सामाजिक उत्तरदायित्व र पार्दशिताका लागी आयोजना गरिएको कार्यक्रममा पुर्णभद्र शर्मा, मनबहादुर सुनार, चन्द्रबहादुर खड्का, तुलाराम सुवेदी,डिलबहादुुर खाती, तुलबहादुर दर्जी, तिलबहादुर भण्डारी ,युक्तबहादुर साहानी, चुडामडि शर्मा ,निरबहादुर खड्का ,दल बहादुर खड्का, घनश्याम शर्मा, लगाएतले आआफ्नो जिज्ञासा, बिचार तथा गुनासो ब्यक्त गरेका थिए ।
आर्थिक वर्ष २०७५÷७६ मा गलकोट नगरपालिका वडा नं ४ मा ५६ वटा योजनाको लागि १ करोड ४३ लाख बजेट विनियोजन भएको थियो । खरुवामा सञ्चालित योजनाहरु मध्ये ३६ वटा योजना सम्पन्न भईसकेको ११ वटा योजनाको काम चलिरहेको ७ वटा योजना सम्झौता हुन बांकी र ३ लाख ९७ हजार ६ सय,२१ रुपैया राजस्व संकलन भएको वडा सचिव हेमबहादुर अधिकारी जानकारी दिए।
कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासा लाई अध्यक्ष बलबहादुर खत्री, नगरकार्यपालिका सदस्य शिबकुमारी खत्री, सदस्य ,रबिलाल सुवेदी, रुद्रप्रसाद सुवेदी, शोभा सुनार र वडा सचिव हेमबहादुर अधिकारीले सहजिकरण गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरुले उपभोक्ता समिती गठन प्रक्रिया प्रभावकारी नभएको, गोरेटो बाटामा समस्या भएको, योजनाको फरफारक गर्दा वडा सँग समन्वय नभएको, रिङ रोडले जोखिम निम्ताएको, वडा स्तरिय खेल मैदान नभएको, दलित बस्तीको लागि बजेट विनियोजन नगरिएको, च्याउखेतीमा अनुगमनको अभाव भएको, खरुवा माविमा उच्च शिक्षा कहिलेबाट सञ्चालन गरिने, माध्यमिक विद्यालयमा प्रभावकारी पठनपाठन नभएको जिज्ञासा तथा गुनासाहरु व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण गर्दै जनप्रतिनिधिहरुले गलकोट नगरपालिका ४ लाई समृद्ध बनाउनका लागी योजना छनोट गरि प्राथमिकि करणका आधारमा काम गर्ने वाड भित्रको खानेपानी, शिक्षा, स्वास्थ, पर्यटन, मोटरबाटो लगायतलाई प्राथमिकताका साथ राखेर काम गर्ने, आगामी बर्षका योजनाहरु छनोट तथा प्राथमिकिकिरण गर्दा जनताको सहभागितालाई मध्यनजर गर्ने, वाड भित्रका महिला, दलितहरुको आवाजलाई उठाउनका लागी आफुहरुले महत्वपुर्ण भुमिका खेल्ने प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको उदेश्य माथी गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका सञ्चालक समिति सदस्य बुल बहादुर केसीले जानकारी गराएका थिए।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेडका कोषाध्यक्ष हर्क बहादुर पाण्डेको अध्यक्षता,सचिव हेमबहादुर अधिकारीको स्वागत मन्तब्य, पत्रकार घनश्याम गौतम र शर्मिला बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो ।





