शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङको अध्यक्षमा पाण्डे

नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङको अध्यक्षमा पाण्डे


  • Dhorpatan News
  • जेष्ठ १२ २०७६, आइतबार

बागलङ,१२ जेठ – स्वास्थ्य कर्मिहरुको छाता संगठन नेपाल स्वास्थ्य प्राविधिक संघ बागलङको चौथो अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनको उदघाट्न गर्दै गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले स्वास्थ्यकर्मिहरुले काम गर्ने शैलि परिवर्तन गर्नुपर्ने बताएका छन । उनले नयाँ प्रविधि सँगै आएको परिवर्तन अनुसार आफ्नो जिवनशैली पनि परिवर्तन गर्दै जानुपर्ने बताए । सापकोटाले जनताको सेवामा दिनरात नभनी खट्ने स्वास्थ्यकर्मिलाई राज्यले उचित सम्मान गर्न जरुर रहेको बताए ।
कार्यक्रममा धौलागिरी अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेडण्ट डा. सागर कुमार राजभण्डारी, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनाल, केन्द्रिय सल्लाहकार बसन्त कुमार श्रेष्ठ केन्द्रिय सचिवालय सदस्य श्याम कुमार वली नेपाल निजामती कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटा, औषधी व्यवसायी संघ धौलागिरी शाखाका अध्यक्ष टेकनारायण केसी अखिल नेपाल प्रगतीशिल जनस्वास्थ्यकर्मि संघ पर्वतका अध्यक्ष रुद्र शर्मा लगायतले बालेका थिए ।
अधिवेशनको अवसरमा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएका तत्कालिन जैमिनी नगरपालिका–९ पैयुँथान्थाप स्वास्थ्य चौकीका सिनियर अहेब कुश्मराज सुवेदीलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङका कार्यबाहाक अध्यक्ष रामचन्द्र लामाको अध्यक्षता उपाध्यक्ष केन्द्रिय सचिव डिल्ली प्रसाद आचार्यको स्वागत र सचिव सोमराज पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
अधिवेशनले सोमराज पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कोपिला थापा, प्रदिप आचार्य र ऋषिराम शर्मा रहेका छन ।
त्यसै गरी सचिवमा विष्णुनाथ सापकोटा, सह–सचिवमा सुशिल पौडेल र कोषाध्यक्ष सिता थापालाई चयन गरिएको छ ।
समितिको सदस्यहरु देवी शर्मा, पुष्पा देवी अधिकारी, राजुप्रसाद जैसी, सन्तोष सुवेदी, राजु खत्री, टिकादेवी रिजाल, सुरज बराल, पदम बहादुर पुन, करिन्द्र शाही र टंकबहादुर केसी रहेका छन ।
समितिको सल्लाहकार र केन्द्रिय प्रतिनिधि कार्यसमितिले निर्णया गर्ने नवनिर्वाचित अध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->