ताराखोला,१४ जेठ – ताराखोला गाउँपालिकाले जनतासंग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ ।स्थानीय तह स्थापना पछि जनप्रतिनिधिबाट भए गरेका कार्यहरुको वारेमा जनताहरुसंग छलफल गर्दै जनताका गुनासा र सुझाव लिने उदेश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।
यसरी संचालन गरिएको कार्यक्रमले आगामी आ.बको नीति ,कार्यक्रम र योजना निर्माणकालागि समेत सहयोग पुग्ने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले वताए।
मंगलवार वडा न १ मा कार्यक्रम सम्पन्न भएको छ ।
त्यहाँका स्थानीयले टुक्रे योजनाहरुमा बजेट छरिएको,लक्षित वर्गको बजेट कम भएको,आवस्यकताको प्राथमिकिकरण नगरी वजेट विनियोजन भएको जस्ता गुनासा राखेका थिए।
बैंकिङ क्षेत्रबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दा आफुहरुलाइ असहज भएको गुनासो राख्दै सम्बन्धित बैंकले वडास्तरमै पुगेर बितरण गर्ने ब्यबस्था मिलाउन जेष्ठ नागरिकहरुले आग्रह गरेका थिय ।
कार्यक्रममा उपस्थित स्थानीयका गुनासा पछी बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्ती र वडा अध्यक्ष यामबहादुर श्रीसले जनता बाट आएका गुनासा र सुझावलाई आत्मसात गर्दै अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
उपाध्यक्ष दिलकुमारी पुन रोका ,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा वडा नं-१ का अध्यक्ष याम बहादुर श्रीस र १ न वडा कासम्पूर्ण वडा सदस्य सहित को उपस्थिति मा सम्पन्न कार्यक्रम मा वडा भित्रका राजनैतिक दल,संघसंगठन ,महिलासमुह ,युवा क्लब ,विभिन्न उपभोक्ता समिती का प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय को सहभागीता रहेको थियो ।





