मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मेयर ऋषिराम स्मृतिद्धारको सिलन्यास

मेयर ऋषिराम स्मृतिद्धारको सिलन्यास


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७६, बुधबार

बागलुङ, १५ जेठ – बागलुुुङ नगरपालिका वडा नं ४ कँडुले स्थित त्रिपतीचोकमा निर्माण गर्न लागिएको मेयर ऋषिराम स्मृतिद्धारको सिलन्यास गरिएको छ । सिलन्यास कार्यक्रममा बोल्दै बागलुुङ नगरपालिकाका नगर प्रमुुख जनकराज पौडेलले निर्माण गर्न लागिएको स्मृतिद्धार बागलुङको पर्यटकीय क्षेत्र पञ्चकोट का साथ–साथै बागलुङ हुँदै मुस्ताङ घुम्न जाने पर्यटकहरु प्रवेशद्धर हुँदै जाने भएकाले यस प्रवेशद्धारलाई कलात्मक ढङ्गवाट निर्माण गर्नुपर्ने बताएका थिए । बागलुङ नगरपालिकाको रिङरोड निर्माण गर्ने काममा पनि यस प्रवेशद्धारले विशेष भुुमिका खेल्ने भएकाले यस ऋषिराम स्मृतिद्धारलाई आवश्यक पर्ने बजेट नगरपालिकाले विनियोजित गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा बागलुुङ नगरपालिका वडा नं ४ का अध्यक्ष धुुव्र बहादुर के.शी, धौलागिरी बहुुमुखी क्याम्पसका प्रमुुख डा.रामप्रसाद उपाध्याय र स्व.मेयर ऋषिराम शर्माका भाई रामचन्द्र शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बागलुुङ नगरपालिकाको १० लाख रुपैंया र जनश्रमदानबाट २ लाख १४ हजार रुपैंया गरी १२ लाख १४ हजार रुपैयाँमा स्मृतिद्धार निर्माण थालिएको निर्माण समितिका अध्यक्ष भुुमिस्वर सापकोटाले जानकारी गराए । कार्यक्रम समितिका अध्यक्ष भुमिस्वर सापकोटाको अध्यक्षता, सदस्य तुुल्सीराम सापकोटाको स्वागत र सचिव जगन्नाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->