बागलुङ,१९ जेठ -बडिगाड गाउँपालिका वडा नं. ३ को शिसाखानी मावि राजनैतिक कोपभाजनमा परेको छ। करिव १ महिना अघि देखि को विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकको सामान्य विवाद, पूर्व विद्यार्थीको नाममा तालावन्दि भएपछि सतहमा आएको हो। शुक्रवार इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक केशवसिंह थापाको कमाण्डमा गएको टोली र स्थानिय तालावन्दिकर्ता सहितको भेलाले तत्कालको लागी प्रधानाध्यापक होम वहादुर घर्ति र विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नर वहादुर परटेलले राजिनामा दिने र जेठ २८ गते भित्र नयाँ विद्यालय व्यावस्थापन समितिको गठन, प्रअ नियुक्ति लगाएतको कार्य अगाडि वढाउने मौखिक सहमति गरेको सहायक प्रधानाध्यापक कमल भुजेलले जानकारी दिए । विद्यालयमा विवाद भएको जानकारी पछि बडिगाड गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजा, वडा नं. १ का अध्यक्ष वोम वहादुर थापा सहितको टोली पनि पुगेको तर भेला संयम नदेखिएपछि फर्किएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले वताउए। पाइजाले भने ‘विद्यालयको अवस्था वुझ्न जाँदा उल्टै दोषरोपण गरियो, बातावरण सहज भएन त्यसैले फर्कियो’। पालिका अध्यक्ष फर्किसकेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रअ तत्काललाई हटाउने मौखिक सहमति पछि ताला खोल्ने सहमति भएको बताइएको छ।
किन भयो त विवाद?
गत वैसाख १७ गते बसेको विद्यालय व्यावस्थापन समितिको वैठकमा मर्मत तारवारको लागी आएको रकमबाट केहि रकम छुट्याएर पुराना ऋण तिर्नुपर्ने प्रधानाध्यापकको धारणा र शिर्षकान्तर नगर्ने विव्यस अध्यक्षको धारणा वाट विवाद सुरु भएको थियो। तर यसको अन्तर्य राजनितिक कारण रहेको जानकारहरुले बताएका छन्। त्यो संगै विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी र माध्यमिक तहको सामाजिक विषयको शिक्षक पनि रहेको छ। सोहि मितिमा विज्ञापनको लागी अनुमति लिन जाने भन्ने विषयमा अध्यक्ष सकारात्मक नभएपछि विवाद लम्विएको देखिन्छ। त्यस विवाद मिलाउन वडा अध्यक्ष खड्क वहादुर पुनले २ पटक प्रयास गरेको तर साम्य नभएपछि जेठ १३ गते वसेको बैठकले योजना फरफारकको लागी शिक्षक अभिभावक संघका अध्यक्ष मनुद्रा घर्ति र सहायक प्रअ कमल भुजेललाई पठाउने निर्णय गरि कार्य चलिरहेको थियो। सोहिअनुरुप गाउँपालिकामा मनुत्रा र कमलको टोलीले योजना फरफारक गरेको थियो। त्यसै विचमा पूर्व विद्यार्थी विष्णु भुजेल थापा र रमेश घर्तिको टोलीको आग्रहमा १६ गतेको लागि सहायक प्रधानाध्यापक कमल भुजेलले खवर गरि भेला वसेको थियो। तर सो भेलामा वडा अध्यक्ष खड्क पुन र प्रधानाध्यापक होम वहादुर घर्तिको उपस्थिति रहेको थिएन। प्र.अ. घर्ति बागलुङ वजारमा भएको वेला भेला वसेको थियो भने वडा अध्यक्ष पुनलाई फोन सम्पर्क हुन नसकेको कारण जानकारी दिन नसकिएको सहायक प्रअ भुजेलले बताए। सो भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर परटेलको सहभागिता रहेको स्वयंले स्वीकार गरे। सोहि भेलाले कुनै निश्कर्ष निकाल्न नसकेपछि १७ गते पुन भेला वोलाइएको सहायक प्रअ भुजेलले वताए। सोहि साँझ पूर्व विद्यार्थी विष्णु थापा भुजेल र रमेश घर्तिको समुहले विद्यालयको प्रशासनिक कक्ष र स्टाफ कोठामा ताला लगाइदिएको सहायक प्रधानाध्यापक भुजेलले वताए। तर स्वयं विष्णु थापा भुजेलले विद्यालयमा कुर्चि हानाहान भएको सुनेपछि विद्यालयमा पुगेको र विद्यार्थी भाईवहिनि संग कुरा गरेको तर विद्यालय वन्द गर्ने कुरामा आफुहरुको कुनै संलग्नता नरहेको र आफूहरुलाई मुछिएकोमा दुःख व्यक्त गरे। यद्यपी अर्को पक्षले पूर्व विद्यार्थीको आवरणमा केहि राजनैतिक नेताले ताला लगाएको आरोप लगाएका छन्। १७ गतेको भेला अराजक हुने आशंका र विद्यालयमा तालावन्दि भएको सुचनाका आधारमा प्रहरी त्यहाँ पुगेको प्रहरी चौकी खर्वाङले जनाएको छ। तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर परटेलले प्र.अ. र वडा अध्यक्षले शक्ति र सक्ताको दुरुपयोग गरि प्रहरी वोलाएको आरोप लगाए। पटेल गएको स्थानिय तहको निर्वाचनमा वडा नं. ३ का प्रत्यासी समेत हुन। १७ गतेको वैठकमा स्थानिय बल वहादुर श्रीसले आफूलाई दुव्र्यवहार गरेको परटेलको आरोप छ।
शिसाखानी राजनीतिको शिकार वन्दै गएको आरोप यस अघि पनि लाग्दै आएको थियो। यतिवेला भेला छलफल वा आन्दोलन सकारात्मक कामकै लागी भएपनि कतै न कतै राजनैतिक दाउपेच खेलिरहेको र त्यसैको कोपभाजनमा विद्यालय परेको अनुमान गर्न कुनै गाह्रो छैन। कुनै पनी पदमा भएका मानिसलाई आरोप मात्रै लगाएर कोहि राम्रो वन्ने वा गल्ति गर्ने मानिस राजिनामा मात्रै दिएर उम्किने हुनै सक्दैन। आरोप लगाउनेले पुष्टि गर्न सक्नुपर्छ, यदि पुष्टि भए राजिनामा हैन कार्वाहि हुनुपर्छ। तर जो जसले जहाँ जे गरेपनि कुनैपनि वाहानमा विद्यार्थीहरुलाई पढ्ने अवसरवाट बन्चित गर्न पाइदैन।
(प्रधानाध्यापक होम वहादुर घर्ति, वडा अध्यक्ष खड्क पुन, पूर्व गाविस अध्यक्ष डिल वहादुर पुन संग फोन सम्पर्क हुन सकेन)





