बागलुङ, १९ जेठ – प्रथम डम्बर संस्कृति राष्ट्रिय पुरस्कारबाट नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । संस्कृतीक तथा धार्मिक क्षेत्रमा पु¥याएको योगदान स्वरुप गुरुङलाई राधाकृष्ण मन्दिर सेवा समिती अन्र्तगत डम्बर स्मृति पुरस्कार कोष बागलुङले सम्मान गरेको हो । सम्मान स्वरप गुरुङलाई ७५ हजार नगद राशि र सम्मान पत्र प्रदान गरीएकोे थियो । कार्यक्रममा बोल्दै पूर्व प्रधान न्याधिश कल्याण श्रेष्ठले जगमान गुरुङले नेपाली संस्कृती तथा धर्मको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय भएको बताए । साथै स्वरगीय डम्बर बहादुर श्रेष्ठले राधा कृष्ण मन्दिर निर्माणमा गरेको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
कार्यक्रममा सम्मानित व्यक्ति डा. जगमान गुरुङले बागलुङमा स्थीत कालिका मन्दिर आफ्नो छुट्टै धार्मिक महत्व भएकाले मन्दिरलाई सवै संघ संस्था मिलेर राम्रोसँग प्रचार गर्न सके देश विदेश बाट भक्तजन तथा पर्यटकहरु बढ्ने बताएका थिए । कार्यक्रममा कोषका संरक्षक स्वरगीय डम्वर बहादुर श्रेष्ठको बुहारी सोनि श्रेष्ठ मन्तव्य व्यक्त राखेकी थिइन भने साहित्यकार प्रेम छोटाले सम्मानित व्यक्ति गुरुङको जिवनचित्रको व्याख्या गरका थिए । साथै समितीका उपाध्यक्ष लालचन्द्र राजभण्डारीले कार्यक्रमको बारे वृष्ठित जानकारी गराएका थिए । कार्यक्रम राधाकृष्ण मन्दिर सेवा समितीका अध्यक्ष रमेश कुमार राजभण्डारीको अध्यक्षता र स्वागत तथा समितीका सचिव हरीप्रसाद उपाध्यायको संञ्चालनमा सम्पन्न भएको थियो ।





