शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटमा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला ,सरकारको ९० लाख सहयोग

गलकोटमा अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला ,सरकारको ९० लाख सहयोग


  • घनश्याम गौतम
  • जेष्ठ १९ २०७६, आइतबार

गलकोट,१९ जेठ – गलकोट नगरपालिका वडा नम्बर ५, टेउवामा अन्तर्रा्ष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको लागि तयारी तीव्र  पारिएको छ । गलकोट कला प्रतिष्ठानले कार्यशाला सञ्चालनकोलागि पूर्वाधार तयारीको काम अघि बढाएको हो  । देश विदेशका मूर्तिकार सहभागी हुने कार्यशालामा मूर्तिकलाका कृतिको संग्राहलय बनाउन कार्यशाला गर्न लागिएको हो । कार्यशाला व्यवस्थापनको लागि स्थानियहरुले दुई वर्ष पहिलेनै एघार रोपनी जग्गा कार्यशाला निर्माणको लागि निशुल्क उपलब्ध गराएका थिए । उक्त जग्गामा कार्याशालाको लागि पूर्वाधार निर्माणको कार्य थालिएको थियो ।
कार्यशाला स्थलमा जग्गा व्यवस्थापन, सडक र शौचालय निर्माणको काम भइसकेको प्रतिष्ठानले जनाएको छ। अहिले सम्म प्रतिष्ठानले मुर्तिकला कार्यशालामा पुग्नको लागि मोटरबाटो निर्माण गरिसकेको छ । कार्याशालामा मुुर्ति निर्माण गर्नको लागि आवश्यक कच्चा सामाग्री खोज्ने कार्य भैरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष क्या पुर्ण बहादुर रानाले जानकारी दिए। प्रतिष्ठानले कार्यशालामा राखिने मुर्ति निर्माणको लागि दरमखोलामा २ टन भन्दा ठुला ढुङ्गा र गलकोट नगरपालिका वडा नं ३ को सह्रसधारामा उपयुक्त ढुङगा छनोट गरेको रानाले बताए ।
अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला निर्माणको लागि संघिय सरकारले ५० लाख र गण्डकी प्रदेश सरकारले ४० लाख गरि ९० लाख बजेट विनियोजन गरेको छ। मुर्तिकला कार्यशाला निर्माण गर्नको लागि करिब तीन करोड खर्च लाग्ने अनुमान गरेको रानाले बताए ।
कार्यशालाका मुख्य योजनाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ ओम खत्रीले कार्यशालामा सिर्जित मूर्ति संग्रहालयमा राखिने बताए । उनका अनुसार अन्तर्रा्ष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले कार्यशाला स्थलमै बसेर मूर्तिकलाका कृति सृजना  गर्नेछन् । कार्यशालामा सहभागिताका लागि अन्तर्रा्ष्ट्रिय स्तरमा आह्वान गर्ने र दरखास्त हाल्ने मध्येबाट छनोटमा परेका मूर्तिकार मात्र कार्यशालामा सहभागी हुने खत्रीले बताए ।
अन्तर्रा्ष्ट्रिय मूर्तिकारको संस्थामा समेत आबद्ध रहेका खत्रीले कार्यशालामा न्यूनतम पनि १० जना विदेशी र पाँचजना नेपाली मूर्तिकार सहभागी हुने जानकारी दिए । कार्यशाला स्थललाई अन्तर्रा्ष्ट्रियस्तरको मूर्तिकला संग्रहालय बनाउने प्रतिष्ठानको लक्ष्य छ । मूर्तिकारले कार्यशालामा बसेर प्रत्यक्ष रुपमा सृजना गरेका मूर्तिकलाका कृति संग्रहालयमा रहनेछन् । उक्त संग्रहालय देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने ललित कला क्याम्पसका मुर्तिकला, चित्रकला, ग्राफिग कम्युनिकेशन बिभाग प्रमुख एबं मुर्तिकार ओम खत्रीले बताए ।
उक्त संग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन अनुसन्धानको केन्द्रसमेत बन्ने ठानिएको छ । प्रतिष्ठानले पूर्वाधार र मूर्तिकला कार्यशालाका लागि करीब रु तीन करोड खर्च लाग्ने अनुमान गरेको छ जसमध्ये डेढ करोड कार्यशालामा मात्र खर्च हुने जनाइएको छ ।
कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्ने अध्यक्ष रानाले जानकारी दिए। करीब १५ दिनदेखि एक महिनासम्मको अवधिसम्म कार्यशाला चल्ने जनाइएको छ ।
नेपालमै पहिलोपटक यस्तो कार्यशाला आयोजना गर्न लागिएको मूर्तिकार खत्रीले दाबी गरे।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->