बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कसरी बसाल्ने पढ्ने बानी ?

कसरी बसाल्ने पढ्ने बानी ?


  • Dhorpatan News
  • जेष्ठ २३ २०७६, बिहिबार

पठनमा रमाउन त्यसतो विधि पढन्ते भइरहनु पर्दैन। तपाईं पठनमा रमाउन सक्नुभयो भने यसले कुनै विषयमा जनकार मात्र बनाउँदैन, गर्न आँटेका काममा पनि सहयोग पुर्याउँछ।पठनले हाम्रो सोचाई र चिन्तनलाई फराकिलो बनाउँछ। यो जानकारी आजको शुक्रबार साप्ताहिकले छापेको छ। हिजोआज अधिकांशको एउटै गुनासो हुन्छ, पढ्न त मन छ तर के गर्नु? फुर्सदै हुन्न।साँच्चिकै हामीलाई पढ्न मन छ भने केही कुरामा ध्यान दिन सक्यौँ भने पढ्नको लागि समय छैन भनिराख्नु पर्दैन। एकैचोटी धेरै पढ्न खोज्दा सकिँदैन। त्यसैले थोरैबाट सुरुवात गर्नुस्। पुस्तक पढ्ने बानी नभएकाले आज ५० पाना पढिसक्छु भनेर प्रतिवद्धता गर्न सकिन्छ।पढ्ने उद्देश्य आफैँले बनाउने हो। अरु कसैले भन्दैमा बानी बस्दैन। सन् २००९ मा अमेरिकी एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले जसले अब यसरी पढ्छु भनेर साथीहरुमाझ योजना सुनाउँछ, कालान्तरमा उनीहरुले नपढ्ने देखिएको थियो।जतिसुकै मज्जाको पुस्तक भए पनि बीचमा पुगेपछि पढ्न अल्छी लाग्छ। तर, पिर नगर्नुस्, जे हुन्छ रामै्रका लागि हुन्छ।जे मन पर्छ त्यही पढ्ने बानीले पनि पढ्ने बानीको विकास हुन्छ।जहाँ जाँदा पनि पुस्तक नछुटाउने, पढ्नको लागि समय छुट्याउने, पढ्ने कुरालाई चुनौतिका रुपमा लिने, पढ्ने वातावरण आफैँ सिर्जना गर्ने, पुस्तक आफैँ किन्ने, प्रविधिको अधिकतम प्रयोग गर्ने, पढ्ने कुरा धेरै छन् भन्ने सोच्ने, धेरै थरीका पुस्तक पढ्ने गर्दा पनि पढ्ने बानीको विकास हुन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->