शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोलामा सार्वजनिक सुनुवाई :बजेटको कार्यान्वयनमा ढिला सुस्ति गरेको आरोप

ताराखोलामा सार्वजनिक सुनुवाई :बजेटको कार्यान्वयनमा ढिला सुस्ति गरेको आरोप


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०७६, शुक्रबार

बागलुङ, २४ जेठ –शुसाशन र पारदर्शीताका लागि भन्दै जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले सम्पादन गरेका कामका बिषयमा सार्वजनिक सुनुवाई गरीएको हो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा ढिला सुस्ति गरेको आरोप लगाए । योजना तथा कार्यक्रमहरु समयमा सम्दान हुन नसक्दा सर्वसाधारणमा असर परेको उनिहरुको गुनासो थियो । उनिहरुले गाउँपालिकाका कर्मचारीले गर्ने काम र उपभोक्ता समिति मार्फत भएका योजनाको कामको बिषयमा समेत प्रश्न उठाएका थिए । गाँउपालिकाले चालु आर्थिक वर्षमा चालुतर्फ ४५.७३ प्रतिशत र पुँजीगत तर्फ ३७.०८ प्रतिशत वजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले बताए । योजना संझौता ढिला भएको तथा कतिपय योजना सम्पन्न भएर पनि फरफरक गर्न नआएका कारण खर्च कम भएको अधिकृत शर्माले बताए । यस्तै गाउँपालिकाले आफ्नो आन्तरिक आय २२ लाख ९० हजार ८ सय ५५ रुपैयाँ गरेको छ । सार्वजनिक सुनुवाईमा गाउँपालिकाको कार्यालयले प्रवाह गरेको सेवा, शिक्षा, स्वास्थ्य, कृषि, पशु, रोजगारीका कार्यक्रम, पर्यटन प्रवद्र्धन, विकास निर्माण र सामाजिक सचेतना कार्यक्रमका विषयमा सवाल उठाएका थिए । सर्वसाधारणको प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति, उपाध्यक्ष डिलकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जवाफ दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले टिपण्णी गरेका थिए ।कार्यक्रम ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीको प्रम’ख आतिथ्यता, सामुदायिक रेडियो गलकोटका अध्यक्ष गुमानसिँह बूढाथोकीको अध्यक्षता र गाँउपालिकाका योजना शाखा प्रमुख जित बहादर सुनारको स्वागत र पत्रकार घनश्याम गौतम र पुर्णभद्र निउरेको सञ्चालनमा सम्पन्न भएको थियो । गाउँपालिकाको आर्थिक सहयोग, सामुदायिक रेडियो गलकोट एफ.एमको आयोजना र ताराखोला सामुदायिक सञ्चार संस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->