शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वडाको भवन बनाउन बिहुँका हरिशचन्द्र कँडेलले दिए निशुल्क जग्गा

वडाको भवन बनाउन बिहुँका हरिशचन्द्र कँडेलले दिए निशुल्क जग्गा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७६, शनिबार

बागलुङ, २५ जेठ – बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन निर्माणका लागि स्थानीय समाजसेवी हरिशचन्द्र कँडेलले निशुल्क जग्गा उपलव्ध गराएका छन् । काठेखोला–६ बिहुँमा रहेको एक रोपनी जग्गा कँडेलले वडा कार्यालय भवनको लागि निशुल्क उपलव्ध गराएका हुन् । भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडा कार्यालयबाट सर्वसाधारणलाई सेवा लिन असहज भएको भन्दै भवन निर्माणका लागि जग्गा उपलव्ध गराएको कँडेलले बताए । साविकको बिहुँ गाउँ विकास समितिलाई बिभाजन गरेर दुई वडा कायम गरिएको थियो । पुरानो गाविसका सबै संरचना वडा नं ५ ले प्रयोग गर्दै आएकाले वडा नं ६ का सबै कार्यालयहरु भाडाकै घरहरुबाट सञ्चालन हुँदै आएका छन् ।

जग्गा प्रप्ता भएसँगै भवन निर्माणको लागि पहल थालिएको वडा अध्यक्ष युक्तप्रसाद कँडेलले बताए । ‘वडाको लागि प्राप्त भएको जग्गालाई सम्याउने काम गरिसकेका छौं’ कँडेलले भने ‘अब भवन निर्माणको लागि गाउँपालिका तथा प्रदेश सरकारसँग पहल गर्ने छौं ।’ आधुनिक भुकम्प प्रतिरोधी भवन निर्माणका लागि पहिलो चरणमा डिपिआर बनाउने योजना वडा कार्यालयको छ । वडा कार्यालय भवन निर्माणको लागि प्राप्त भएको जग्गासँगै रहेको ७ रोपनी सरकारी स्वामित्वको जग्गामा पनि वडा कार्यालयले संरचना निर्माणको काम थालेको छ ।

गाउँपालिकाले घोषणा गरेको वडास्तरीय गौरवका आयोजनामध्ये बिहुँमा वडास्तरीय सभाहल निर्माणको काम चलिरहेको कँडेलले बताए । वडामा सामान्य भेला बैठक गर्नका लागि समेत उपयुक्त हल नभएको भन्दै सभाहल निर्माणको काम थालिएको हो । करीब ३१ लाख रुपैयाँको लागतमा सभाहल निर्माणको काम भईरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->