गलकोट,३० जेठ – गलकाेटमा गाैदी खाेलाले केन्द्रिय प्रसारण लाईनकाे पाेललाई जाेखिममा पारेकाे छ । निरन्तरकाे बर्षातका कारण नरेठाटिमा गाैदी खाेलाकाे छेउमा गाडिएकाे पाेलकाे वरपरबाट खाेलाले कटान गरेपछि जाेखिम बढेर गएकाे गलकाेट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारिले बताए । एकातर्फ दुदिलाभाटि बजार हुदै उर्लिएर अाउने गाैदि र अर्काे तर्फ नरेठाटि बजार भएर अाउने चुक्दि खाेलाले कति बेला पाेललाई बगाएर लैजाने हाे भन्ने स्थानियमा त्रास भएकाे भण्डारिकाे भनाई छ । पाेलमा क्षति हुदासाथ धनजन संगै गलकाेटमा लामाे समय विधुत अवरूद्व हुन सक्ने स्थानियकाे भनाई छ । गत बैशाख १ र २ गतेकाे भिषण बर्षातले पाेललाई जाेखिम बनाएकाे थियाे भने त्यसपछि पनि निरन्तर बर्षात हुने गरेका कारण पाेल व्यवस्थापन गर्नुकाे विकल्प नभएकाे बताईएकाे छ । यसलाइ समयमै सम्बन्धीत निकायले ब्यवस्थित गर्न स्थानियले माग गरेकाे वडा कार्यालयले जनाएकाे छ । बर्षातले नरेठाटि र दुदिलाभाटिमा मात्रै कराेडाैकाे क्षति भएकाे छ ।





