मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

दलित समुदायलाई कुखुराको चल्ला

दलित समुदायलाई कुखुराको चल्ला


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७६, शुक्रबार

स्याङजा,३१ जेठ – वालिङ नगरपालिका १ नम्बर वडा कार्यालयले दलित लक्षित कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको छ । वडा भित्र रहेका ५० जना दलित समुदायलाई आत्मनिर्भर बन्न प्रेरीत गर्ने उदेश्यले चल्ला वितरण गरिएको हो । दलित समुदायलाई कुखुरोको चल्ला हस्तान्तरण गर्दै नगरपालिका उपप्रमुख कल्पना तिवारीले चल्लाको सहि सदुपयोग गर्न आग्रह गरिन । कुखुराको चल्लाका साथै उत्पादनका काममा लाग्न पनि उपप्रमुख तिवारीले अनुरोध गरिन ।आर्थिक बर्ष ०७५—०७६ को दलित समुदाय लक्षित कार्यक्रम अन्तर्गत विनियोजित ५० हजार रकमबाट दलित समुदायलाई चल्ला वितरण गरिएको वडा अध्यक्ष केदार काफ्लेले बताउनु भयो । प्रति घर परिवारलाई ८ वटाको दरले चल्ला वितरण गरिएको हो ।
दलित समुदायलाई चल्ला वितरण कार्यक्रमले कुखुरा पाल्न थप हौसला मिलेको वडा सदस्य सिता विकले विकाले बताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->