शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रकास बने बैङ्कर्स एसोसियसन गलकोटको अध्यक्ष

प्रकास बने बैङ्कर्स एसोसियसन गलकोटको अध्यक्ष


  • घनश्याम गौतम
  • जेष्ठ ३१ २०७६, शुक्रबार

गलकोट, ३१ जेठ – गलकोट क्षेत्रमा रहेका बैङ्कका कर्मचारीहरुको सयुक्त भेलाले बैङ्कर्स एसोसियसन गलकोटको गठन गरेको छ । भेलाले प्रभु बैङ्क लिमिटेडका प्रकाश सुबेदिको अध्यक्षतामा बैङ्कर्स एसोसिएसन गलकोटको गठन गरेको छ । एसोसियसनको उपाध्यक्षमा कृषि बिकास बैङ्कका ईश्वरी प्रसाद स्ुबेदी, सचिब ग्लोबल आईएमई बैङ्क लिमिटेडका डिल बहादुर जिसि, सहसचिबमा नेपाल बैङ्क लिमिटेडका प्रतिमा थापा मगर र कोषाध्यक्षमा प्रभु बैङ्क लिमिटेडकि तृष्ना गुरुङ रहेका छन । एसोसियसनमा गलकोट शाखामा रहेका कर्मचारीहरु सदस्य रहेको प्रभु बैङ्क लिमिटेडका बिपिन थापाले जनाकारी दिए । सयुक्त भेलाले कृषि बिकास बैङ्कका शाखा प्रबन्धक हरि प्रसाद शर्माको सयोंजकत्वमा ५ सदस्यीय बिधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा शिशिर मल्ल, सुरेन्द्र थापा, कमला आचार्य, किरन कुमारी सिंह रहनुभएको छ । साथै सो अबसरमा गलकोट क्षेत्रमा रहेका बैङ्का शाखा प्रबन्धकहरु देबी थापा बोहोरा, हरि प्रसाद काफ्ले, श्याम ढकाल, कृष्णहरी भण्डारी रहेको सल्लाहकार समितिको गठन गरिएको ग्लोवल आईएमई बैङ्कका मञ्जु गौतमले जानकारी दिइन ।
एसोसियसनले गलकोट क्षेत्रमा रहेका बैङ्कमा आउने नयाँ कर्मचारिलाई स्वागत तथा बिदाई हुने कार्मचारीलाई बिदाई कार्यक्रम गर्ने कर्मचारीहरुको आपसी सदभाबको लागी मैत्रिपुर्ण कार्यक्रम गर्ने, लगाएतका कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष सुबेदिले बताए । बित्तिय सस्थामा आबद्ध कर्मचारीहरुको एकता र सहकार्यको लागी एसोसिएसन गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->