बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रिघामा उद्घोषण, पत्रकारीता, तथा नेतृत्व विकास तालिम

रिघामा उद्घोषण, पत्रकारीता, तथा नेतृत्व विकास तालिम


  • Dhorpatan News
  • जेष्ठ ३१ २०७६, शुक्रबार

रिघा, ३१ जेठ – नेपाल आदिवासी जनजाती महासंघ वडा समन्वय समितिको आयोजना तथा गल्कोट नगरपालिका वडा नं. ११ को आर्थिक सहयोगमा उद्घोषण, पत्रकारीता र नेतृत्व विकास सम्बन्धि आधारभुत तालिम रिघामा सुरु भएको छ। २ दिन सम्म चल्ने तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष डम्बर श्रीसले देश वनाउने जिम्मा युवाको काँधमा आएको भन्दै सकारात्मक सोच र उत्प्रेरणाका साथमा अगाडि वढ्न युवाहरुलाई आह्वान  गरे  । उनले  तालिमले व्यावहार परिवर्तन गर्न सक्नुपर्ने भन्दै सफलताको शुभकामना व्यक्त गरे। उद्घाटन कार्यक्रममा वडा सचिव डिल वहादुर श्रीस, रत्न लक्ष्मी माविका शिक्षक देव वहादुर वि.क. लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जनजाती महासंघका उपाध्यक्ष ओम प्रसाद घर्तिको अध्यक्षता, कोषाध्यक्ष जमुना श्रीसको स्वागत मन्तव्य तथा सचिव आषा श्रीस रानाको सञ्चालनमा सम्पन्न भएको थियो। तालिममा साविक रिघा गाविसका ६० जना युवाहरुको सहभागिता रहेको छ। तालिमको नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद कमल पौडेलले सहजिकरण गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->