शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो

गलकोटमा ट्याक्सी दुर्घटना, एमबि खत्रीको ज्यान गयो


  • घनश्याम गौतम
  • जेष्ठ ३२ २०७६, शनिबार

गलकोट, ३२ जेठ – गलकोट नगरपालिका वडा नम्वर ४ को भेडीखाल्टामा शुक्रबार राती ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि )को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाइते हुनेमा सवारी धनी तथा चालक हुमबहादुर कुँवर र  मृतक खात्रिका भान्जा   आयुष कार्की रहेका छन । घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराती १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरि नायव निरिक्षिक ऋण बहादुर बैदवारले जनाकारी दिए । हटियाबाट नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो । मृतक खत्री केही दिन अघिमात्र जापानबाट घर आएका थिए ।रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->