दाङ, ३२ जेठ – दाङको लमहीमा सिमेन्ट उद्योगको बन्दै गरेको नयाँ भवन भत्किदा ३ जनाको मृत्यु भएको छ । अरू ३ जना गम्भीर घाइते भएका छन् । शुक्रवार मध्यरातमा सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दाङको लमही नगरपालिका वडा नम्बर ७ मा रहेको उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो । भारत झार खण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय बाबु साहेबको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइको बुटवलमा उपचार भइरहेको छ ।





