बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरा आउदै गरेका भारतीय नागरिक पेस्तोल सहित पक्राउ

पोखरा आउदै गरेका भारतीय नागरिक पेस्तोल सहित पक्राउ


  • Dhorpatan News
  • असार ३ २०७६, मंगलबार

पोखरा, ३ असार – भैरहवा विमानस्थलबाट पोखरा आउन लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।उनको साथबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीभेटिएको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । उनी बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीगर्ने क्रममा उनको साथबमा पेस्तोल भेटिएको थियो ।
उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । घटना बारे थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->