बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

खाध्यान्न एवं आवश्यक सामाग्री सहयोग कार्यक्रम

खाध्यान्न एवं आवश्यक सामाग्री सहयोग कार्यक्रम


  • Dhorpatan News
  • असार ४ २०७६, बुधबार

 

पोखरा, ४ असार – ‘सामाजिक उत्तरदायित्वमा महिला अग्रसरता, प्रभावकारी नेतृत्व आजको आवश्यकता’भन्ने मुल नाराका साथ जेठ ३१ गते देखी संचालन भैरहेको पोखरा लेडी जेसिज बर्ष २०१९ को सप्ताहब्यापी कार्यक्रमको पाँचौ दिन खाध्यान्न सामाग्री बितरण र आवश्यक सामाग्री बितरण कार्यक्रम गर्दै सम्पन्न भएको छ । पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी को अध्यक्षतामा पोखरा का २ भिन्न स्थान मा दुई भिन्न समूह लाई लक्षित गरी यि कार्यक्रम आयोजिना गरिएका थिए ।
जसमा पोखरा महानगरपालिका वडा नं. ३३ स्थित सरस्वती टिका मा. वि. मा आवासीय संरक्षणमा रहेका बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई मनोरन्जनात्मक सामाग्री अन्र्तगत ६ सिट क्षमता भएको घुम्ने पिङ बिद्यालयमा हस्तान्तरण गरिएको थियो । वडा नं. ३३ का वडा अध्यक्ष श्री शिव प्रसाद आचार्य ज्यू को प्रमुख आतित्थ्यता रहेको उक्त हस्तान्तरण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति, अभिभावक सहयोग समिति, बिद्यालय परिवार, पोखरा जेसीजका पुर्व अध्यक्ष, पोखरा लेडीका निवर्तमान अध्यक्ष सन्तु पौडेल ज्यु को उपस्थिती रहेको थियो । लेडी जेसिज बर्ष २०१९ का सचिव जेसी लक्ष्मी अधिकारी ले संचालन गर्नु भएको उक्त कार्यक्रममा वडा अध्यक्ष श्री शिव प्रसाद आचार्य ज्यू ले प्रमुख अतिथिय मन्तब्य राख्नु भएको थियो भने बि ब्य स का अध्यक्ष श्री ऋषी राज आचार्य ज्यू ले विशिष्ट अतिथि को मन्तब्य , पोखरा जेसिजका पुर्व अध्यक्ष एवं जेसिआइ सिनेटर श्री नारायण शर्मा ज्यू ले शुभकामना मन्तब्य तथा कार्यक्रम संयोजक सुनिता भुजेलले स्वागत मन्तब्य राख्नु भएको थियो ।
यसैगरी पोखरा महानगरपालिका वडा नं. १५ टुटुंगा स्थित आरोग्य आश्रम मा रहनु भएका बुबा—आमाहरुलाई वडा नं. १५ का वडा अध्यक्ष श्री प्रकाश पौड्ल ज्यू को प्रमुख ताथित्यमा आयोजित कार्यक्रम बीच खाध्यान्न बितरण सम्पन्न भयो । कार्यक्रममा आश्रम का अध्यक्ष श्री नारायण शर्मा ज्यू ले आफ्ना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक शोभा घर्ती ले स्वागत मन्तब्य राख्नु भएको थियो । दुवै कार्यक्रमा जेसिज सप्ताह का मुल संयोजक जेसी शोभा भुजेलले जेसीज सप्ताह अन्तर्गतका सातै दिनका कार्यक्रको बारेमा जानकारी दिनु का साथै पोखरा लेडी जेसिज बर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरी ज्यू को समापन मन्तब्यमा कार्यक्रम सम्पन्न भएको भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->