बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विप्लव कार्यकर्ता गेट बाहिर कुर्दै प्रहरी

विप्लव कार्यकर्ता गेट बाहिर कुर्दै प्रहरी

पुनः पक्राउ गर्न अदालतको गेट बाहिर प्रहरी


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७६, बुधबार

 

पोखरा, ४ असार –थुनामुक्त भएलगत्तै पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना कार्यकर्तालाई उच्च अदालत पोखराले मंगलबार पुनः थुनामुक्त गर्न आदेश दिएको छ । मंगलबार अदालतले थुनामुक्त गर्न आदेश दिएपछि विप्लव कार्यकर्ताहरुले मानवाधिकार आयोग कास्कीका अधिकृत ज्योती प्रसाद घिमिरे, टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छुटेको व्योहोरासहितको कागजातमा सहिछाप गरेका छन् ।उच्च अदालतले उक्त जानकारी जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय डाँडाकोनाकलाई पनि पठाएको छ ।
अदालतले जारी गरेको जानकारीपत्रमा लेखिएको छ, “आज यस अदालतकाको संयुक्त ईजलाश समक्ष पेश हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहरी आदेश भई हामीहरुलाई रजिष्ट्रारले राष्ट्रिय मानव अधिकार आयोग, कास्कीका अधिकृत र नेपाल बार एशोसिएसन उच्च अदालत पोखरा ईकाइका अध्यक्षको रोहबरमा आजै छोडिदिनु भन्ने समेत आदेश भएकोले सो आदेश बमोजिम हामीहरु रजिष्ट्रारले आयोगका अधिकृत ज्योतीप्रसाद घिमिरे र बारका अध्यक्ष रोहितराज बास्तोला रोहबरमा छुटि गएकोले यो कागज लेखी लेखाई सहिछाप गरी श्री उच्च अदालत पोखरामा चढायौँ ।”
गत बिहिबार पनि उनीहरुलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर, प्रहरीले आदेश दिएकै दिन बिहिबार मध्यरातमा प्रहरीले भवनभित्रैबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय डाँडाकोनाक पु¥याएको थियो । उनीहरुलाई सार्वजनिक अपराधको मुद्धा लगाईएको छ । मध्यरातमा पक्राउ गरेतापनि प्रहरीले पक्राउ पुर्जी भने शुक्रबार बिहानमात्रै लिएको थियो ।गैरकानूनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ परेको भोलिपल्टै अदालतमा पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिट उपरको सुनुवाई पश्चात मुख्य न्यायधीश यज्ञप्रसाद बस्याल र न्यायधीश डालकुमार खड्काको ईजलाशले जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
यद्यपी, आयोग र बारको रोहबरमा छुटेको भनेतापनि विप्लव कार्यकर्ताहरु भने अहिले अदालतभित्रै छन् । अदालतको भित्री बाहिरी परिसरमा सिभिल र नेपाल प्रहरीको बाक्लो उपस्थिती छ ।मंगलबार निवेदकतर्फबाट रोहितराज बास्तोला, सन्तोष कोईराला, मिना कुमारी रानाभाट, हिमलाल पराजुली, ईश्वर चिलवाल, सन्तोषमणि लामिछाने र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र विपक्षमा उपन्यायधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->