बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आमा समुहको सल्लाहकारमा पुरुष किन ?

आमा समुहको सल्लाहकारमा पुरुष किन ?


  • Dhorpatan News
  • असार ७ २०७६, शनिबार

पोखरा, ७ असार –  पोखरा महानगरपालिका वडा नं. ९ शान्तिवनस्थित शान्तिघाट आमा समुहको पाँचौ साधारण सभा तथा तेस्रो अभिवेशनले लक्ष्मी पहारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समुहको उपाध्यक्षमा सरस्वती श्रेष्ठ, सचिवमा सावित्री पहारी, कोषाध्यक्षमा अनिता अर्याल, सहसचिवमा प्रतिमा गुरुङ र सदस्यमा पवित्रा पहारी, विष्णु पहारी, सुशिला नेपाली, लक्ष्मी रानाभाट, लीला पौडेल, साधना सिग्देल, शिला कुँवर र गंगादेवि पौडेल सर्वसम्मत चयन भएका छन् ।
सल्लाहकारमा दुर्गा पहारी, वलराम पहारी, शेषनारायण पौडेल, शुशिला पहारी, कृष्णप्रसाद अर्याल, पुष्पा पहारी र मोहीनी पहारी चयन भएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय महिला अधिकार मञ्च कास्कीकी अध्यक्ष कल्पना ढकालले कार्यक्रमको उद्घाटन गर्नुभएको सभामा वडा सदस्य गीता चम्राकार, वडा सचिव लोकदर्शन कोइराला, सामुदायिक सेवा जिल्ला समन्वय समितिका महासचिव उत्तम जोशी, वडास्तरीय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, शान्तिवन टोलबिकास समितिका अध्यक्ष बलराम पहारी, चण्डीका आमा समुहकी अध्यक्ष बिमला रानाभाट, सम्मानीतहरुको तर्फबाट अच्युत पहारीले आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा जेष्ठ नागरिकहरु संस्थापक अध्यक्ष दुर्गादेबि पहारी, कृष्णमाया पहारी, खुममाया पहारी र नारायणदत्त सुबेदीलाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।त्यसैगरी समुहमा आवद्ध सदस्यका एसइइ उत्तीर्ण छोराछोरीहरु अच्युत पहारी, अनुराग पहारी, अजिता पहारी र अशेष पहारीलाई सम्मान गरिएको थियो । समुहकी सचिव सरस्वती श्रेष्ठको संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रतिमा गुरुङको आर्थिक प्रतिवेदन सभाले सर्वसम्मत पास गरेको थियो ।  समुहकी अध्यक्ष निरु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी पहारीले र संचालन सचिव सरस्वती श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->