बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जग्गा बांझो राख्नेलाई रुपाको डबल कर

जग्गा बांझो राख्नेलाई रुपाको डबल कर


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७६, शनिबार

पोखरा ,७ असार – कास्कीको रुपा गाउँपालिकाले खेतियोग्य जग्गा बाँझो राख्नेलाई डबल कर लिने जनाएको छ । शनिबार गाउँपालिकाले सार्वजनिक गरेको तेस्रो नीति तथा कार्यक्रममा खेतीयोग्य जमिन बाँझो राख्नेलाई डबल कर लिने नीतिलाई निरन्तरता दिने घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष नवराज ओझाबाट प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिका भित्र रहेको बाँझो जग्गालाई ब्यबस्थापन गर्न भूमि बैंक मार्फत जग्गा ब्यबस्थापन गरी भाडामा लिने ब्यबस्था गर्ने नीति लिएको उल्लेख छ ।
गाउँपालिकाले जग्गा चक्लाबन्दी गर्न ५० प्रतिशत अनुदानको ब्यबस्था समेत मिलाएको छ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य व्यवसायिक खेति गर्नुपर्ने नीति सार्वजनिक भएको हो । यसैगरी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ लाई कृषिको लागि विशेष वर्षको रुपमा मनाउने भएको छ । एक गाउँ एक उत्पादनको नीति अनुसार कृषि कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष ओझाद्वारा प्रस्तुत कार्यक्रममा उल्लेख छ । अर्गानिक तरकारी तथा फलफूल उत्पादन गर्नको लागि भकारो सुधारलाई समेत जोड दिइएको छ । मलमूत्र ब्यबस्थापन गरी रासायनिक मल तथा विषादी नियन्त्रण गर्न भकारो सुधार गर्न कृषकलाई ६० प्रतिशत अनुदान दिने गाउँपालिकाले जनाएको छ । यसै वर्ष पूर्ण भकारो सुधार गाउँपालिका घोषणा गर्ने गरी कार्यक्रम अघि बढाउने निति कार्यक्रममा उल्लेख छ ।
कृषि क्षेत्रप्रति लक्षित नीति तथा कार्यक्रममा चिस्यान केन्द्र स्थापना गर्ने जनाइएको छ ।वडा नंबर ३ ,६ र ७ मा १० टन क्षमताको चिस्यान केन्द्र (कोल्ड स्टोर ) स्थापना गरी उत्पादित बस्तु भण्डारणगर्दै बजार सम्म पु¥याउने नीति कार्यक्रममा उल्लेख छ । साथै दुवानी खर्च समेत गाउँपालिकाले ब्यहोर्ने भएको छ । उत्पादनमा आधारित कृषक समुह ,सहकारी तथा फार्मको मासिक २ हजार केजीभन्दा माथि लाग्ने ढुवानी खर्च र २५ लिटर भन्दा बढी दूधको ढुवानी खर्च गाउँपालिकाले ब्यहोर्ने जनाएको छ ।
खेतीयोग्य जमिनमा सिचाई सुबिधा पु¥याउनको लागि सोलार सिचाई ,डीप ,ट्यूबेल तथा पाइप सिंचाई प्रविधिको प्रयोग गर्ने जनाइएको छ ।
गाउँपालिकामा रहेको बादर आतंकलाई नियन्त्रण गर्ने पुरानो कार्यक्रमलाई निरन्तरता दिएको छ । निर्बाहमुखी खेतीलाई व्यावसायिक बनाउन समूह ,सहकारी र सामूहिक फार्मलाई प्रोत्साहन गर्ने गाउँपालिकाको निति तथा कार्यक्रममा उल्लेख छ ।
त्यसैगरी निजी तथा साझेदारी कार्यक्रमको रुपमा ३ हजार फलफूलको मोडेल बगैचा निर्माण गर्ने जनाइएको छ । त्यसैगरी वडा नम्बर ६ मा रहेको रुपाकोट स्वास्थ्यचौकीलाई १५ सैयाको अस्पताल बनाई विशेशज्ञ सेवा सुरु गर्ने अध्यक्ष ओझाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिका भित्रमा रहेका स्वास्थ्य चौकीबाट अस्पताल सम्म पुग्नको लाई एम्बुलेन्स खर्चमा ५० प्रतिशत अनुदान दिने ब्यबस्था समेत गरिएको छ ।
गाउँपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्ने ,नयाँ सडक विस्तार गरी भएकाको स्तरीकरण गर्ने ,खेलकूद ,पर्यटन लगायतका क्षेत्रमा आधारित रहेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । जेष्ठ नागरिक , महिला ,बालबालिका ,दलित अपांग लगायतको क्षेत्रलाई समेत नीति कार्यक्रममा समेटिएको छ ।
सम्मृद्ध रूपा बनाउनको लागि सुशासन ,पारदर्शीता र जवाफदेहीतामा रहेर विकास निर्माणका कार्यहरू अघि बढाउने अध्यक्ष नवराझ ओझाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->