बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रबिन्द्र बाटिकाको सरसफाई

रबिन्द्र बाटिकाको सरसफाई


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७६, सोमबार

पोखरा, ९ असार – सुर्यचन्द्र बिकास समाजले वडा नं ५ मा रहेको रबिन्द्र अधिकारी स्मृति बाटिकाको सरसफाई गरेको छ ।  पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्ष धनबहादुर नेपाली, सुर्यन्द्र बिकास समाजका अध्यक्ष केदार कोईराला र स्थानिय आमा समुह अध्यक्ष मैया अधिकारी लगायत वडाबासीले सो बाटिका तथा वरपरका स्थानहरुको सरफाई गरेका थिए ।

वडा नं नं ५ का अध्यक्ष धनबहादुर नेपालीले आफ्नो घर, टोल, वडा र शहर आफैले सफा गर्नुपर्ने बताए । उनले टोल वडा र शहर सफा राख्नका लागि फोहर ब्यवस्थापन गर्नुपर्ने बताए । उनले भने ‘अहिले पोखरा महानगरको ठूलो चुनौति भनेकै फोहर हो हामीले जथाभावी फालेका फोहरले शहर नै प्रदुषित बन्दै गएको छ । ’ उनले भने जथाभावी फोहर फाल्दा फेवाताल समेत संकटमा पर्छ ।

सो अवसरमा सुर्यचन्द्र बिकास समाजका अध्यक्ष केदार कोईराले शहरलाई संधै सफा राख्न आफुहरुले ३८ थान डस्टबिन, डोको र कुचो स्थानिय समुहहरुलाई हस्तन्तरण गरेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->