बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा ‘योनिका कथाहरु’ मञ्चन तयारी

पोखरामा ‘योनिका कथाहरु’ मञ्चन तयारी


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७६, सोमबार

पोखरा, ९ असार – कथा घेराको प्रस्तुतीको नाटक ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटकको मञ्चन तयारी शुरु भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ । दिउँसो १ र साँझ ५ बजे गरी हरेक दिन दूई सो नाटक मञ्चन गर्ने तयारी गरिएको छ ।
नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनय हेर्न पाइनेछ । नाटकको अवधारणा, परिकल्पना र निर्देशन आकांक्षा कार्कीको हो । नाटकको आलेख सौरभ कार्कीले तयार पार्दा सुरज सुबेदी, सुदाम सिकेले सौरभलाई सहयोग गरे । नाटकमा बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाईहरु मार्फत पितृसतात्मक सोचलाई चित्रण गर्न खोजिएको निर्देशक आकांक्षा कार्कीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->