बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अस्त्रमा भन्दा पत्रकारको कलममा तागत

अस्त्रमा भन्दा पत्रकारको कलममा तागत


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७६, बिहिबार

पोखरा, १२ असार – नेपाल पत्रकार महासंघ कास्की शाखाले पहिलो पटक एउटै मंचबाट तीनवटा पुरस्कार बितरण गरेको छ । पोखरा पत्रकारिता पुरस्कारबाट पत्रकार श्यामनाथ कुंवर, गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कारबाट पत्रकारमहासं गण्डकी अध्यक्ष त्रिभुवन पौडेल र जगन्ननाथ युवा प्रोतसाहन पत्रकारिता पुरस्कारबाट गिता राना बुधबार पुरस्कृत भएका छन् ।

पत्रकारहरु श्यामनाथ कुंवर, त्रिभुवन पौडेल र गिता रानालाई पुरस्कृत गर्दै कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश प्रमुख बाबुराम कुंवरले अस्त्रमा भन्दा पत्रकारको कलममा तागत बढी हुने बताए । उनले भने ‘पत्रकारिताको गलत प्रयोग भयो भने राष्ट्रिय धर्म नष्ट हुन्छ ।’

हाम्रा देश भित्र संबैधानिक कानुनी र संगठित ब्यक्तिहरु छन् । राम्रा नराम्रा काम गरिरहेका हुन्छन् । त्यसको पहरेदारी पत्रकारिताले गर्नुपर्छ । तर बास्तबिकताको खोजी नगरी गिरोह या जमातको पछि लागेर असत्य कुरा बाहिर ल्याईयो भने राम्रा काम गर्ने कर्मयोगी, कर्मबिर कर्मशिल प्रति घात हुन जान्छ । उनले भने निजी स्वार्थ त्यागेर अर्नगल र कपोकल्पीत तथ्यको पछि नलागी प्रकासन प्रसारण गर्नु ब्यावसायीकता होईन ।

सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले संसदमा बिचारिधन रहेको मिडिया काउन्सिल बिधेयक हुबहु संसदले पारित ग¥यो भने पत्रकारिता छोडेर अन्यत्रै ब्यावसाय गर्नुपर्ने अवस्था आउने बताए । पुरस्कार छनौट समितिका अध्यक्ष बद्री बिनोद प्रतिक, कुसुमकेशव पराजुली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ पुरस्कृत ब्यक्तिहरु श्यानाथ कुवंर, त्रिभुवन पौडेल पुरस्कार दाताको तर्फबाट सरस्वती भण्डारी, नागरिक समाज संजाल कास्कीका अध्यक्ष बिष्णु बराल पत्रकार महासंघका सचिव रामप्रसाद तिमलसिना लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->