पोखरा, १५ असार – गण्डकी प्रदेशमा सोमनाथ अधिकारी प्यासीको संयोजकत्वमा मदन भण्डारी फाउण्डेसन गठन गरिएको छ । ६७ आँै मदन जयन्तीको अवसरमा गठित समितिको सह–संयोजकमा प्रा.डा गणेशमान गुरुङ, सचिव भीम कार्की सदस्यहरु क्रमश मानबहादुर जि.सी, सिता सुन्दास, तिलक महत, मना के.सी, टुकराज सिग्देल, टुका हमाल, नवराज शर्मा, नारायण मरासिनी, बिकास लम्साल, सम्झना देवकोटा, पे्रमकुमार लामिछाने, चन्द्रमोहन गौचन, जनक पौडेल, मनबहादुर गुरुङ र कर्णबहादुर गुरुङ रहेका छन् । फाउण्डेसनले मदन भण्डारीद्धारा प्रतिपादित विचारलाई वैचारिक, राजनितिक, सैद्धान्तिक र व्यवहारिक ढंगले रक्षा गर्ने लक्ष्य लिएको छ ।





