बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

क्यासिनो खोलौँ, प्रदेशलाई जुरुक्क उठाऔँ : मुख्यमन्त्री गुरुङ

क्यासिनो खोलौँ, प्रदेशलाई जुरुक्क उठाऔँ : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • असार १६ २०७६, सोमबार

पोखरा, १६ असार –  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराका रिसोर्टहरुका क्यासिनो खोल्नुपर्ने बताएका छन् । mैँ गण्डकी प्रदेश सरकारले पनि २०१९, २०२० र २०२२ लाई पर्यटनका तीन अभियानको रुपमा घोषणा गरि अन्तिम वर्ष सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
सोही लक्ष्य प्राप्तिको लागि सोमबार पोखरास्थित माउण्ट ग्लोरि रिसोर्टमा प्रदेशभरिका स्थानीय तह र जिल्ला समन्वय समितिका पदाधिकारी सहित प्रथम बैठक बसेको छ ।
सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले क्यासिनो सञ्चालनको कुरा उठाएका हुन् ।
रिर्सोटहरुमा क्यासिनो चलाउने र त्यहाँबाट अर्थतन्त्र उकास्न सकिने उनको सोच छ । उनले मकाउको दृष्टान्त सुनाउँदै भने, “मकाउको अर्थतन्त्रको मुख्य आधार जुवा हो क्यासिनो हो । त्यहाँ ५÷६ लाख दिनभरि जुवाखालमा हुन्छन् । त्यहाँ बसले निशुल्क लगिदिन्छ, ल्याईदिन्छ, दुध, पाउरोटी, चिया खान दिन्छ । भित्र पनि सबै निशुल्क छ । तर, त्यहाँ खेल्ने मान्छेचाहिँ सबै टाई सुट लगाएका हुने रहछन्, यस्सो जुवाखालमा आँखा लगेको त मेरो आँखा तिरमिरायो ।”
क्यासिनोमा काम गर्ने नेपालीहरुले पनि राम्रो सुविधा पाएको उनले बताए । तर, नेपालमा जुवालाई नराम्रो तरिकाले लिने गरिएको उनले बताए ।
“हाम्रोमा चाहिँ नेपालमा के छ भने कौडा हानेर भाषा फालेर घरबारै बिगारेको सारासम्पत्ति बेचेको, श्रीमतीलाई दाउमा हारेको, छोराछोरीलाई दाउ हानेको सुन्छौँ नि हामी, त्यसकारण जुवा खेल्यो भने खतम भन्छौँ, मैले यो कुरा उठाएँ अब मलाई पनि खतम भन्छन्,” उनले भने, “तर, क्यासिनो पोखरामा जरुरी छ । क्यासिनोले पर्यटकको बसाई लम्ब्याउँछ । सरकारलाई ट्याक्स, रोयल्टी पनि तिर्छ, होटेलले पनि टुरिस्टहरु पाउँछ, जतिधेरै खायो, सुत्यो, बस्यो, खेल्यो त्यतिधेरै पैसा पाउँछ । त्यसकारणले विदेशीको लागि रिसोर्टहरुमा क्यासिनो खोल्नुपर्छ भन्छु मैले ।”
अमेरिकाको लस भेगास क्यासिनोले नै प्रख्यात बनेको उनले बताए ।
“केही नभएको लस भेगासमा हेरौँ, रेस्लिङ खेल्ने बक्सिङ खेल्ने, जुवा खेल्ने त्यहाँ जान्छन् । मान्छेले बनाएपछि ढुंगा पनि सुन बन्दोरहेछ । हामीले यहाँको ढुंगालाई सुनमा परिणत गरौँ । त्यो कामको लागि ८५ वटै स्थानीय तह, ११ वटा जिसस र प्रदेश सरकार गरि ९७ भाई मिलेर गण्डकी प्रदेशलाई जुरुक्क उठाउँ ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->