बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्थापनासँगै लायन्स क्लव क्लष्टर १२ सक्रिय, विन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग

स्थापनासँगै लायन्स क्लव क्लष्टर १२ सक्रिय, विन्ध्यवासिनी जेष्ठ नागरिक मिलन केन्द्रलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७६, मंगलबार

पोखरा, १७ असार – लायन्स क्लव अफ नेपाल क्लष्टर नम्बर १२ ले स्थापनासँगै समाजसेवामा आफ्नो सक्रियता देखाउन थालेको छ ।
क्लष्टर १२ सोमबार आफूसँग आवद्ध १३ वटा लायन्स क्लवहरुसँगको सहकार्यमा पोखराको विन्ध्यवासिनीमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेको हो । कार्यक्रममा लायन्स क्लवका पूर्व मल्टिपल काउन्सिल अध्यक्ष दीपक श्रेष्ठले विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठलाई सहयोगस्वरुप ३१ हजार १ सय २५ रुपैयाँ हस्तान्तरण गरे । सहयोग रकम हस्तान्तरण गर्दै प्रमुख अतिथी समेत रहेका श्रेष्ठले लायन्सको मूल मर्म नै सेवा भएको उल्लेख गर्दै जेष्ठ नागरिकलाई गरिएको सहयोगले अझ ठूलो अर्थ राख्ने बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जेष्ठ नागरिकहरुको जीवनलाई सहज बनाउन केन्द्रको स्थापना गरिएको बताउँदै लायन्सबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापन गरे । लायन्स क्लष्टर १२ का अध्यक्ष सुरेन्द्रमान विजुक्छेले लायन्सको मूलमर्म अनुसार सामाजिक क्षेत्रमा सहयोग गर्ने परम्परालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा लायन्सको जोन चेयरपर्सन शोभा न्यौपाने, आभा जोशी र बेवराज गिरीले पनि मन्तव्य राखेका थिए ।
हालै गठन गरिएको लायन्सको क्लष्टर नम्बर १२ मा लायन्स क्लव अफ पोखरा अन्नपूर्ण, लेकसिटी, सप्तगण्डकी, पोखरा गतिशील, भैरव, माउण्टेन भ्यू सिटी, मञ्जरी, दृष्टि गण्डकी, सांग्रिला, पोखरा डेष्टिनेसन,हिमालयन, दर्शन र समपर्ण समावेश रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->