पोखरा, १८ असार – बिद्यालय र बिश्वबिद्यालय स्तरको प्राबिधिक शिक्षा गुणस्तर हिन बन्दै गएकोमा एक कार्यक्रमका सहभागिहरुले चिन्ता ब्यक्त गरेका छन् । उनिहरुले बिद्यालय र बिश्वबिद्यालयमा अध्यापन गर्नेहरु नै धेरै जसो गुणस्तरि अध्यापक नभएको दावी गरे ।
प्राबिधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषदले सोमबार पोखरामा आयोजान गरेको प्रदेश स्तरिय परामर्श बैठकमा सो कुरा ब्यक्त गरेका हुन् । प्रदेश तथा स्थानिय तहमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको बिकास तथा गुणस्तरमा सुनिश्चीतता सम्बन्धी परामर्श बैठकमा छलफल गर्दै सहभागिहरुले प्राबिधिक शिक्षालयको नाममा सरकारले सबै रहर गर्नेहरुलाई सम्बन्धन दिएको । बर्षैं देखि अनुगमन मूल्याङन नभएको, भौतिक पूर्वाधार नभएको, गणस्तरिय शिक्षा प्रदान गर्ने जनशक्ति नभएका कारण श्रम बजारमा नेपाली श्रमको अवमूल्यन भएको निश्कर्ष समेत निकालेका छन् ।
परमर्श बैठकको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकासमंत्री नरदेबी पुनले ब्यावसायीक शिक्षालाई परिणममुखी बनाउन, बढी भन्दा बढी नागरिकलाई दक्ष कुशल बनाउन प्राबिधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषदसंग प्रदेश सरकारले सहकार्य गर्नेमा जोडदिईन् । उनले शिक्षा निति र कानुन्को अभावमा प्रदेश सरकारले राम्रो काम गर्न नपाएको बताईन् । उनले भनिन् ‘बर्षौं पुरानो सिटिइभिटिइको तालिमको पाठ्यक्रम फेरबदल गर्नुपर्छ, कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्छ । ’
सो अवसरमा गण्डकी प्रदेश सभा सांसद मिना गुरुङले समाजले सीपयुक्त पेशालाई महत्व नदिएको बताईन् । उनले निजी क्षेत्रका तालिम प्रदायक संस्थाहरुको अनुगमन, मूल्याङन गर्नुपर्ने जोड दिईन् । सासंद रामजी बरालले संघिय सरकारले चाडै कानुन् ल्याएर सिटिइभिटिइ जस्ता स्थालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।
कार्यपत्र प्रस्तुत गर्दै काठमाण्डौ बिश्बिद्यालयका पूर्व डीन डां टंक नाथ शर्माले एस.एल.सी सम्मको औपचारिक शिक्षा पुरा गर्न नसकेका ५५ प्रतिशत युवाहरुलाई लक्षित गरेर ब्यावसायीक तालिमबाट सीपयुक्त जनशक्ति उत्पादन गर्नृुपर्ने बताए । उनले अन्तराष्ट्रिय श्रम बजारमा अदक्ष जनशक्ति जाने हुदा दुःख पाउने गरेको बताए । डा. शर्माले नेपाली युवाहरुलाई ब्यावसायीक तालिम प्रदान गर्नुपर्ने । सीपयुक्त प्राबिधिक जनशक्तिबाट नेपालले स्वदेश मै रोजगारीको अवसर सृजना गरी लाभ लिनु पर्नेमा जोड दिए ।
प्रा डा. दिलबहादुर क्षेत्रीले निति र कानुन् भए पनि कार्यन्वयन र ब्यवहारिक पक्ष कमजोर रहेको बताए । प्राबिधिक शिक्षलाई सिमानतकृत समक्ष लैजान यसको अवधारणमा परिर्माजन गर्नुपर्ने बताए । ब्यावसायी धनराज आर्चायले प्राबिधिक शिक्षमा गुणस्तरियता नभएकै कारण बिद्यालय र बिश्वबिद्यालयको प्रमाणपत्रलाई राजगारदाताले पत्याउन छोडेको बताए । उनले भने नपढेकाहरुले राम्रो गर्दछन् सर्टिफिकेटधारीहरु काम गर्न जान्दैनन । पूर्वकर्मचारी नरहरि बरालले गणस्तरिय शिक्षक राम्रो प्रोयोगशाला र प्रयोगात्मक कक्षाका लागि जमिनको पर्याप्तता हुनु पर्ने बताए । कार्यक्रममा ब्यावसायीक शिक्षा तथा तालिम परिषदका प्रदेश कार्यलयका प्रमुख भुवनेश्वर ढुङगाना, सिटईभिटिई सक्षमता परियोजनाका प्रदेश संयोजक गेहेन्द्र कार्की, प्राबिधिक शिक्षालयका प्रधान अध्यापक जिवन भण्डारी, सिटईभिटिइ अनुगमन तथा मुल्याङ प्रमुख बिजेस बस्नेत लगायतका बक्ताहरुले प्रदेश र स्थानिय सरकारहरुले प्राबिधिक शिक्षालाई गुणस्तरिय बनाउनु पर्नेमा जोड दिए ।
स्मरण रहोस सरकारी तथ्याङक अनुसार नेपालबाट बार्षिक रुपमा ५ लाख भन्दा बढी युवाहरु अन्तराष्ट्रिय श्रम बजारमा जाने गर्दछन् । बेरोजगार दर ११.४ प्रतिशत रहेको छ । १५ देखि २४ बर्ष उमेर समुहका २० प्रतिशत युवाहरु बेरोजगार छन् । २१.६ प्रतिशत जनता गरिबीको रेखामुनि छन् ।





