शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा प्रहरी बनेर ठगी गर्ने दुई युवक पक्राउ

बागलुङमा प्रहरी बनेर ठगी गर्ने दुई युवक पक्राउ


  • Dhorpatan News
  • असार १८ २०७६, बुधबार

बागलुङ,१८ असार जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी बनेर ठगी गर्ने दुई युवकलाई पक्राउ गरेको छ।ताराखोला गाउँपालिका ३ का २४ वर्षीय अम्मर खत्री र बागलुङ नगरपालिका ३ का २१ वर्षीय रुपेश रुचालले नक्‍कली प्रहरी बनेर बागलुङ बजार नजिकै गाडी चालकबाट पैसा असुली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।गत असार १६ र १७ गते बागलुङ नगरपालिका-६ धारापानी मसरामा यातायातका साधन रोकी चेकजाँच गर्ने र रकम असुल गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकारी दिए।खत्री र रुचाललाई सिभिल पोसाकमा बसी गाडी चेकजाँच गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। स्थानीयले दिएको जानकारीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग विवाद र हातपात समेत भएको भट्टराईले बताए। खत्री र रुचालविरुद्ध प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->