पोखरा, १९ असार – केहि बर्ष अघि सम्म ब्यूटि पार्रलर ब्यावसायलाई समाजले राम्रो नजरले हेर्दैनथ्यो । अहिले गण्डकी सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्यूटिसियन पेशामा लगानी गर्न थालेको छ । बिभिन्न बाध्यताका कारण औपचारिक शिक्षा बिचैमा छोडेर बसेका महिलाहरुका लागि ३ महिने आधाभूत ब्यटिसियन तालिम सम्पन्न गरेको छ । त्यसैगरी ब्यूटिसियन तालिम लेभल टु र बेरोजगार युवाहरुका लागि बार्बर तालिम समेत सम्पन्न गरेको छ । हङकङ ब्यूटि कलेजले गण्डकी प्रदेश सामाजिक बिकास मंत्रालयको सहयोगमा सो कक्ष संचालन गरेको हो ।
कार्यक्रमको समापन बिहिवार भएको थियो । सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सामाजिक बिकास मंत्री नरदेबी पुनले प्रदेश सरकारले महिलाहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न खालका तालिमहरु संचालन गरेको बताईन् । उनले भनिन् तालिम प्राप्त जनशक्तिलाई ब्यावसाय गर्न समेत प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । उनले भनिन् सामुहिक ब्यावसाय गर्नेलाई प्रदेश सरकारले सहयोग गर्छ । सामुहिक ब्यावसाय गर्दा धेरै फाइदा हुन्छ । उनले सिटिइभिटिईलाई प्रदेश अन्तर्गत ल्याउने र त्यहा भएका कठिनाईहरु समाधान गर्ने आश्वासन दिईन् ।
ब्यटि कलेजका संस्थापक तथा प्रदेश सभा सदस्य मिना गुरुङले सरकारले अनोपचारिक प्राबिधिक शिक्षामा जोडदिनु पर्ने बताईन् । उनले भनिन् स्वदेश मै रोजगारी श्रृजना गर्नका लागि प्रदेश स्तरिय प्राबिधिक बिश्वबिद्यालय छिटै निमार्ण गर्नुपर्नेमा जोड दिईन् ।
पत्रकार दुर्गा भण्डारीले प्राबिधिक बिषयका श्रमिकको अभावमा नेपाली पैसा बिदेशिएको बताईन् । उनले भनिन् सरकारले अव सबै क्षेत्रमा नेपाली युवाहरुलाई उद्यमी बनाउन प्रेरित गर्नु पर्छ ।
मंत्री पुनका निजी सचिव चन्द्रमणी सापकोटाले नेपालीले सेवा दिंदा बिदेशी उत्पादनको प्रयोग कम गर्नु, स्वदेश मै सौन्दर्यप्रसाधन सामाग्रीहरु उत्पादन गर्नुपर्नेमा जोडदिए ।
प्रशिक्षथीहरुका तर्फबाट संगिता श्रेष्ठले तालिम पछि रोजगारीमा पनि सहयोग गर्नुपर्ने बताईन् । उनले सिप परिक्षणको परिक्षालाई हाम्रो शैक्षिक स्तरसंग मिल्दो बनाउन मंत्रीलाई आग्रह गरिन् ।
प्रशिक्षार्थी तेजु त्रिपाठीले परिक्षमा मूल्याङकर्ता गुणस्तरिय नभएका कारण मानसिक तनाव भोग्नु परेकोले आगामी दिनमा शुधार हुने बिश्वास ब्यक्त गरिन् ।
र्बाबर र्पालरका प्रशिक्षार्थी करण थापाले सरकारले तालिम दिएर यसै बसेका युवाहलाई राम्रो भएको बताए । उनले थारै लगानीमा धेरै आम्दानी हुने पेशा भएकोले आफ्नै देशमा लगानी गरेर ब्यावसायी बन्ने धृढता ब्यक्त गरे । सो समापन समारोहको संचालन सांसद मिना गुरुङका निजी सचिव दिपा शर्माले गरेकी थिईन ।





