शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आलु भण्डारणका लागि भवन निर्माण

आलु भण्डारणका लागि भवन निर्माण


  • विक्रम सुनार
  • असार १९ २०७६, बिहिबार

बागलुङ, १९ असार – गलकोट नगरपालिका–१ दुुदिलाभाटी आलु भण्डारणका लागि भवन निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका र कृषि ज्ञानकेन्द्र पर्वतको अािर्थक सहयोगमा दुदिलाभाटीको भण्डारवनमा भवन निर्माण भएको हो ।
भवन निर्माणका लागि गलकोट नगरपालिकाले २ लाख, कृषि ज्ञानकेन्द्र पर्वतको ५ लाख र स्थानीयको १ लाख १४ हजार बरावरको जनश्रमदानमा भवन निर्माण गरिएको दुदिलाभाटी आलु पकेट कार्यक्रम भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र कुवँरले जानकारी दिए ।
आलु संकलनका लागि भवन निर्माण भएपछि विउ संकलन, र स्थानीय आलु प्रर्वद्धनका लागि महत्वपुर्ण भुमिका खेल्ने अध्यक्ष कुँवरले बताउए । यो संगै स्थानीय किसानलाई आलु उत्पादन तथा विक्री वितरणमा पनि सहज हुनका साथै आर्थिक रुपमा पनि आत्मनिर्भर बन्ने उनको भनाई छ ।
आलु उत्पादनपछि दिगो संरक्षण गर्न नसक्दा कुहिने गरेको अवस्थामा अहिले भवन निमार्ण पछि किसान खुसि भएका छन । भवन निमार्णपछि आलुलाई लामो समयसम्म जोगाएर राख्न सहज भएको स्थानीय हिरा बहादुर विकले बताए । पहिला लामो समय सम्म आलु भण्डारण गर्ने कुनै माध्यम थिएन, विकले भने,भवन निमार्णपछि किसानमा ठुलो सहयोग पुग्ने छ ।
साविकको दुदिलाभाटी गाविसका वार्डहरु भण्डारवन, ज्यामिरे र टोड्केमा हाल ५ सय रोपनी जग्गामा आलु उत्पादन भएको छ । गलकोट क्षेत्रका लागि ताराखोला, हिल, भुस्कात, दुदिलाभाटी लगायतका साविकका गाविसहरु आलुको पकेट क्षेत्र मानिन्छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->