बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने

शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने


  • Dhorpatan News
  • असार २० २०७६, शुक्रबार

पोखरा, २० असार –  “रारा टेस्ट अफ हार्मोनी ः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा विहिवार पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” ले आउदो शनिवार पोखराको सभागृहमा गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।
आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरुको उत्थान र प्रबद्र्धनमा समर्पीत सस्था भएकाले सबैको सहयोगले गर्दा यति कार्यक्रम पनि सहज रुपमा आयोजना गर्न सकेको जानकारी दिइन ।
उपाध्यक्ष कौशल्या गुरुङले यो कार्यक्रम दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामालाई ‘ट्रिब्युट’ गरेको पनि जानकारी दिइन् । साँगीतिक कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीतहरु प्रस्तुत हुने उनले जानकारी दिइन ।

साँगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती रहने पनि आयोजकले जानकारी दिएका छन् । ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङ लगाएतका गायिकाहरुले कार्यक्रममा प्रस्तुती दिने छन् । त्यस्तै सहयोगी कलाकारहरुको रुपमा कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा संस्थाले ३ जना कलाकारहरुलाई सम्मान गर्दै छ । दार्ज्लिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान र उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिने सस्थाको सचिव बबि सुनारले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->