बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखराको फुस्रेखोलाको झोलुङ्गे पुल बाढीले बगायो

पोखराको फुस्रेखोलाको झोलुङ्गे पुल बाढीले बगायो

असार १५ मा सक्नुपर्ने तर बन्दै थियो


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७६, आइतबार

पोखरा, २२ असार-  अबिरल वर्षाले पोखराको वडा नम्बर २१ मा पर्ने फुस्रेखोलामाथि बनाउँदै गरेको झोलुङ्गे पुल बगाइदिएको छ । सो पुलको करिब २ महिनाअघि वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले शिलान्यास गरेका थिए । पोखरा महानगरपालिकाको वडा नम्बर १७ र २१ नम्बर जोड्ने पुलको लम्बाई ३२ मिटर रहेको थियो । जिल्ला समन्वय समितिको २५ लाख १० हजार २ सय ६६ रुपैयाँको लागतमा बन्दै गरेको पुल नौलो घुम्ती नामक संस्थाले बनाउँदै थियो । प्राविधिक तथा सामाजिक सहयोगको लागि भन्दै जिल्ला समन्वय समितिले सो पुल बनाउने कामको जिम्मा नौलो घुम्तीलाई दिएको वडाध्यक्ष आचार्यले बताए ।
आचार्यका अनुसार सो ठाउँमा यसअघि पनि यस्तो झोलुङ्गे पुल थियो । शुक्रबार राति खोलामा ठूलो बाढी आएको र उचाई कम भएकाले गर्दा बाढीले पुल नै बगाइदिएको वडाध्यक्षले जानकारी दिए । उनका अनुसार फुस्रेखोलाको सो क्षेत्रमा अरु ठाउँमा प्राविधिक रुपले पुल बनाउन असम्भव भएपछि त्यही ठाउँमा पुल बनाउन थालिएको हो । आफैले शिलान्यास गरेको पुल भत्केकोमा वडाध्यक्ष आचार्यले दुःख व्यक्त गरे । वर्षायाम सुरुसँगै कास्कीको मादी गाउँपालिका जोड्नै पुल पनि बाढीले िबगाइदिएको छ । चैतमा सुरु भएको पुलको यही असार १५ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->