शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कार बम विस्फोटमा परी १२ को मृत्यु

कार बम विस्फोटमा परी १२ को मृत्यु


  • Dhorpatan News
  • असार २२ २०७६, आइतबार

घाज्नी, अफगानिस्तान –  अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विस्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् ।    कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विस्फोटनका घटना भइरहेका छन् ।आइतबार भएको विस्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विस्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ । गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विस्फोटन भएको हो ।  अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ । अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी हुनभने सकेको छैन ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिए । घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका छन् ।    रासस/एएफपी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->