बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कर्मशिलको निशुल्क स्वास्थ्य परीक्षण एवम् रक्तदान

कर्मशिलको निशुल्क स्वास्थ्य परीक्षण एवम् रक्तदान


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७६, सोमबार

पोखरा, २३ असार – कर्मशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना एवम् लायन्स क्लब अफ पोखरा पिस टाउन र शान्ति रुपा बराह थोक तमु समाजको सहयोगमा निशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३२ खोलाको छेउमा आयोजित स्वास्थ्य परीक्षणमा दुई सय ४२ जनाको स्वास्थ्य परीक्षण गरियो भने ३४ जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रको संघीय सांसद खगराज अधिकारीले लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता कार्कीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद अधिकारीले सहकारीले रक्तदान एवम् स्वास्थ्य परीक्षण गरी सामाजिक उत्तरदायित्व बहन गरेको बताए । सहकारीका सञ्चालक सदस्य गोविन्द गौतमका अनुसार मनिपाल अस्पतालका फिजिसियन डा. लेखनाथ लम्साल नेतृत्वको सात सदस्यीय चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणमा स्वस्तीक रिफरल ल्याबले स्वास्थ्य परीक्षणका उपकरण एवम् प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->