बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

किसानहरु सम्मानित, वास्तविक किसानले सुविधा नपाएको गुनासो

किसानहरु सम्मानित, वास्तविक किसानले सुविधा नपाएको गुनासो


  • Dhorpatan News
  • असार २४ २०७६, मंगलबार

पोखरा, २४ असार –  सम्मानित हुँदै थिए तर उनी जाँगरिला देखिएनन् । बरु, उनले बिहान शरीरभर गोबर नै गोबर लागेको सुनाए ।
‘म गफ गर्न नजान्ने,काम गर्न जान्ने’,तनहुँका घाँस किसान वामदेव खनालले भने,‘घाँसलाई पनि मल हाल्नुपर्छ र भन्छन् तर घाँसलाई नि मल हाल्नुपर्छ, बिहान घाँसमा मल हाल्दा गोबर नै गोबर भएँ, अहिले पो सुकिलो छु त ।’
पशुपंक्षी तथा मत्स्य विकास निर्देशानलय पोखराले सोमबार उनीजस्तै केही अगुवा किसानलाई सम्मान गरेको हो । नगद पुरस्कार, केही कृषि सामाग्री बुझ्दै सम्मानित भएपछि उनै खनालले थपे,‘म २०५४ सालदेखि घाँस रोप्दैछु तर हामीलाई केही सहयोग छैन, त्यो टनेल सनेल बनाउनेले सहयोग पाउँछन् ।’ घाँसको विरुवा र र जरा बेचेरै आफूले आम्दानी गरेको बताउने ढुंगाानाले एक वर्षमा २२ लाखसम्मको घाँसको जरा बेचेको सुनाए ।‘मैले ३४ सयमा गाई किनेर कृषि पेशा सुरु गरेको हुँ, अहिले मैले उमारेका घाँसका जरा देशैभर पुगेका छन्’, उनले भने,‘ इलाम गएको त मलाई कम्प्युटरमा घुमाएर घाँसबारे कुरा गरेका रहेछन् ।’
सोमबार तनहूँका वामदेव खनाल सहित घाँस उत्पादक किसानहरु धनबहादुर पुन पाण्डे, पूर्णभद्र गौतम, विष्णु भट्ट, खिलबहादुर गुरुङ, दुर्गाबहादुर तामाङ, डण्डपाणी तिवारी, वसन्त शर्मा, गोविन्द पौडेल, सीतादेवी शर्मा र लक्ष्मी चापागाईं सम्मानित भए । उनीहरुलाई गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले पुरस्कार दिए । सो अवसरमा उत्कृष्ट इन्सिमिनेटरहरु शेरवहादुर सारु, दीगम्बर चौधरी, रमेश ज्ञवाली, किरण पण्डित, पुरुषोत्तम कपाली, सुभाष रेग्मी, घनश्याम शर्मा, रमेश चापागाईं, दीलमाय श्रेष्ठ र भगवती जिसीलाई नगद १२ हजार सहित पुस्कृत गरियो । निर्देशनालयका प्राविधिक सुरेशकुमार श्रेष्ठका अनुसार पशुमा सफलतापूर्वक कृतिम गर्भाधान गराएको आधारमा उनीहरु सम्मानित भएका हुन् । मन्त्रालयका वरिष्ठ तालीम अधिकृत गृष्म न्यौपानले पशुको कृतिम गर्भाधानले दूधमा आत्मनिर्भर हुन सघाउने धारणा राखे । मन्त्री थापाले प्रदेश सरकार किसानको हित रक्षगर्दै कृषिमा आत्मनिर्भरतातर्फ उन्मुख भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->