पोखरा,४ साउन – पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ ।
पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९ सालमा स्थापना भएर बिभिन्न सामाजीक कार्यक्रमहरुमा सक्रिय रहनुको साथै आफ्ना सदस्यहरुलाई बिज्ञान तथा प्रविधिको विकासँगै क्षमता अभिबृद्धि गर्न कार्यक्रमहरु गर्दै आएको छ । रामलाल श्रीमाया फोटोग्राफी पुरस्कारको पुरस्कार राशि रु २५ हजाार ५ सय २५ रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।मदन कुमार पोखरामा २०३७ सालबाट बिधिवत रुपमा क्यापिटल फोटोको नामबाट फोटोग्राफी गर्दै आइरहेका छन् ।





