हेमवा, ४ साउन- लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न भएको छ । लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले जानकारी दिए ।सस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा जोन चियर पर्सन रमेश बन्जरा र रिजन चियर पर्सन भोजराज काफलेले अहिले बिश्वमा भएको वातावरणिय असन्तुलनलाई सुधार गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा राखेका थिए । उक्त अबसरमा कल्की, कपुर, तेजपत्ता, पारिजात, निम आदि बिरुवा रोपिएको थियो ।क्लबका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रथम उपाध्यक्ष शिब पौडेलले र सञ्चालन सचिब दोलराज श्रेष्ठले गरेका थिए ।





