पोखरा, साउन ४ – पोखरा महानगरपालिका वडा न ६ बैदामको कार्यालयमा एक ट्रक फोहोर संकलन गरिएको छ । पोखरा कै पर्यटकीय क्षेत्र बैदाम लेकसाइड स्वदेशी सहित विदेशी मानिसहरुले यस क्षेत्रको प्राकृतिक सौन्द्रय अवलोकन गर्न बर्षेनी हजारौ पर्यटक यस क्षेत्रमा आउने गर्दछन । बैदाम क्षेत्रको प्रर्शाशनिक निकाय हेर्ने पोखरा महानगरपालिका वडा न ६ बैदामको कार्यालयमा एक ट्रक फोहोर संकलन गरिएको हो ।
शनिबार बगैचा टोलविकास संस्थाले पोखरा महानगरपालिका वडा न ६को वडा कार्यालय परिसरमा सरसफाई गर्ने क्रममा उक्त फोहोर संकलन गरिएको हो । वडा कार्यलयमा यत्र छत्र छरिएर रहेका रुखका हागाहरुलाई काटछाट गरि, बर्षौ सम्म सफा नगरिएको फोहोर लाई सफाइ गरिएको हो ।
सस्थाका सदस्यहरुले सफाई सामाग्रिहरु दाते, कुटो, कोदालो र सावेल जस्ता औजारहरुले सफाई गरिएको सस्थाका अध्यक्ष मिना ढकालले बताएकी छन । बैदाम सरसफाई अभियान थालेको वडा कार्यालय बैदामले आफ्नै कार्यालय भित्रको फोहोर मैला नदेख्नु दुखको कुरा भएको धारण ब्यक्त गरिन ।
वडा कार्यालय ६ बैदामको आयोजनामा वडा सदस्य कै संयोजकत्वमा “हाम्रो सफा बैदाम अभियान” को थालनी गरेको वडाले आफ्नै आगनको फोहोर नदेख्नु दुखद भएको सरसफाई कार्यक्रमका सहभागीहरुले टिप्पणी गरेका थिए ।
पोखरा महानगर पालिका वडा ६का अध्यक्ष जगत बहादुर पहारीले वडा कार्यालय अगाडि सफानै भएको तर कार्यालयको पछाडी भागमा भने केही फोहोर रहेको र रुख विरुवाका पातपतिङ्गरले फोहोर गर्ने गरेको बताए । संस्थाका अध्यक्ष मिना ढकालको अध्यक्षतामा सरसफाइ कार्यक्रममा गरिएको थियो ।





