बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण : मन्त्री लम्साल

वातावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण : मन्त्री लम्साल


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७६, आइतबार

पोखरा ५ साउन – उद्योग, पर्यटन बन वातावरण तथा वातावरण मन्त्री बिकास लम्सालले बन्यजन्तु संरक्षणका लागि स्थानिय जनसमुदाय कै महत्वपूर्ण भूमिका हुनु पर्ने बताएकाछन् । उनले मानव समुदायको जिवनसंग जोडिएको बनजंगल र बन्यजन्तुको संरक्षण गर्न सबैको भूमिका अपरिहार्य रहेको बताए । नेचर मिडिया प्रा.ली. र संचारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको बातावरण तथा बन्यजन्तु अपराध नियन्त्रण अभिमुखिकरण कार्यक्रममा बोल्दै मंत्री लम्सालले बनपैदावर र बन्यजन्तुको चोरी शिकारी रोक्न पत्रकारहरुले सकारात्मक समाचार सुचना प्रवाह गर्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले बन र बन्यजन्तु संरक्षण सम्बन्धी कानुन् बनाउन लागेको जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापका) प्रमुख राज कुमार गुरुङले बिश्वबाटै लोपोन्मुख प्रजातीका बन्यजन्तुहरुको बिनास भैरहदा नेपालमा आसा लाग्दो स्थिति रहेको बताए । उनले भने मानव र वातावरणको सन्तुलन नमिल्दा संकट आउने बताए ।

संचारिका समुह नेपालका अध्यक्ष नितु पंण्डीतले बन जंगल महिलासंग पनि जोडिएको हुदा लै·ीक दृष्टिकोणबाट हेरिनुपर्ने बताईन् । उनले महिलाहरुले बनजंङगल जोगाउन निकै प्रयत्न गरेको बताईन् ।

पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पद र पावर भएकाहरुले संरक्षित बन्यजन्तुको शिकार गरी, मासुको तरकारी पकाउने गरेको बताए । ‘आफ्नै बारीको रुख काट्न नपाई, जापान र कोरियाको काठ प्रयोग गर्नुपर्ने, हरियोवन हेर्नका लागि हो ?’ उनले प्रश्न गरे ।

हरियोबन कार्यक्रमका पूर्र्ण कुंवरले बन्यजन्तुको चोरी शिकारीमा अन्तरदेशिय अपराधको संजाल रहेको बताए । उनले भने ‘नेपालले अन्तराष्ट्रियस्तरका सन्धी सम्झौताहरुमा हस्ताक्षर गरेका कारण अन्य मुलकले उनिहरु कै जनावर नेपालको बाटो हुदै फेरी तेस्रो मुलुक लैजाने गरेकोले, कडाई गर्नुपरेको हो ’

सो अवसरमा संचारिका समुहका गण्डकी प्रदेश अध्यक्ष स्मिता अधिकारी, बानका महासचिव दुर्गा अधिकारी, संचारिका समुहका महासचिव कतिा श्रेष्ठ लगायतका बत्ताहरुले बोलेका थिए ।

सो कार्यक्रममा बन तथा वातावरण मंत्रालयका सहसचिव डा. महेश्वर ढकाल, हरियोवन कार्यक्रमका संयोजक माधव खड्का, वातावरण पत्रकार पिताम्बर सिग्देल, अन्पूर्ण क्षेत्र आयोजनाका रेन्जर सुधा पराजुली ढुङगाना लगायतले समुदायलाई बन क्षेत्रका बन्यजन्तुको चोरी शिकारीमा समुदायलाई सहभागि गराएको कारण बिगत भन्दा हाल चोरी शिकारीमा कमि आएको, कानुन्को कडा कार्यान्वयनका कारण नेपालका बन्यजन्तुका छाला, दांत, नग्रा, भुत्ला र मासुको ब्यापार बिगत भन्दा कमि दावी गरे । प्रहरीले बरामद गरेका प्राय बनपैदावार र बन्यजन्तुहरु अन्तरदेशिय तस्करीबाट नेपालको बाटो हुदै अन्य मुलुक जाने बताए । उनिहरुले बिश्व मै बाघ मासिदै गएका बेला नेपालमा संख्या बढेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->