बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मनप्रसादको हत्या गरि २० वर्षदेखि फरार कुमार पक्राउ

मनप्रसादको हत्या गरि २० वर्षदेखि फरार कुमार पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७६, सोमबार

पोखरा,६ साउन – २० वर्ष अघि एक ब्यक्तिको हत्या गरि फरार रहेका कुमार गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । २०५६ साल माघ ४ गते सांझ साविकको घान्द्रुक गाविस वडा नम्बर ७ ( हाल अन्नपूर्ण गाउँपालिका ११) का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रयोग गरि घाइते बनाएर फरार भएका थिए । उनलाई आइतबार निजकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घाइते मनप्रसादको भोलिपल्ट मृत्यु भएको थियो । फरार रहेका गुरुङ २ वर्ष म्याग्दीमा लुकेर बसेको र त्यसपछि भारतमा लुकेर बसेको अनुसन्धानबाट खुलेको छ । १४ वर्ष पछि बाबुको निधन भएपछि घर फर्केको र कास्कीकै विभिन्न जिल्लामा लुकिछिपी बसेको गुरुङले बयान दिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसिले जानकारी दिए ।  स्रोतका अनुसार घटनाको लामो समय भएको र एउटै खलकभित्रको घटना भएकोले उनीविरुद्ध उजुरी नगर्ने सहमतिजस्तो बनेको थियो।  हङकङ आइडीको वारेमा बिबाद भएको र झगडाको रुप लिएपछि धारिलो हतियार प्रहार गरेको उनले बयान दिएका छन् । मृतक मनबहादुरले त्यो बेला आफूलाई ‘बाबुको आईडी बेचेर खाइस्’ भन्नेजस्तो गरी घोचपेच गरेपछि झगडा परेको कुमारले प्रहरीसमक्ष बयान दिएका छन्। त्यो बेला हङकङ आइडीको खुबै चर्चा थियो। गुरुङलाई हिरासतमा राखी थप अनुसन्धान भैरहेको प्र.ना.उ केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->