बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सृजनामा नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण

सृजनामा नव आगन्तुक विद्यार्थीलाई अभिमुखिकरण


  • Dhorpatan News
  • साउन ६ २०७६, सोमबार

पोखरा, ६ साउन- सिर्जना माध्यमिक विद्यालय पोखरा ८को सिर्जनाचोकले सोमबार कक्षा ११का नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण दिएको छ ।विद्यालयका कक्षा १२का विद्याथीहरुको व्यवस्थापनमा भएको कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्व विद्यालय ईञ्जिनिरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले बाल्यकालमा अभिभावकले जे भन्यो त्यहि गर्ने विद्यार्थीहरुले किशोर अवस्थामा ठिक बेठिक छुट्टाउन सक्न पर्ने बताए । किशोरावस्थामा मनमा धेरै जिज्ञासा हुने उल्लेख गर्दै उनले विद्यार्थीहरुले मनमा लागेको कुरा निर्धक्क भएर भन्न पर्ने धारणा राखे । निस्कृयता भए मुत्य सरह हुने दावी गर्दै उनले गतिशिल जीवनको लागि सक्रियता आवश्यक रहेको बताए ।
विद्यालयका सल्लाहाकार सदस्य प्राडा चन्द्रा भद्राले कशोरावस्थामा शारिरिक र मानसिक रुपमा ठुलो परिवर्तन आउने भएकोले अभिभावक सचेत बन्न पर्ने सुझाव दिइन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल डोलराज पाण्डेले विद्यालय अभिभावकको रोजाईको थलो भएको बताए । कक्षा ११ र १२का विद्यार्थीको लागि परिक्षा प्रणालीको नयाँ आयाम साप्ताहिक रुपमा एक विषयको परिक्षा गर्ने जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु संयोजक हेमराज तिवारी, विद्यार्थीहरु निपेश बास्तोला, अश्मी गुरुङ, अभिमत लामिछाने, पावन पुरी, अञ्जली लामिछाने, प्रकृति थापा, तमन्ना सुवेदी, रश्मी केसी, रजिना खनाल, प्रभात गौतम, सुश्मिता रामदाम लगायतले वोलेका थिए । कार्यक्रममा कक्षा १२ का विद्याथीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई कलम र डायरी दिएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->