बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो

भलाम स्थित हरिहर गुफामा पहिलोपटक कलशयात्रा सहित वोलवम मनाइयो


  • Dhorpatan News
  • साउन ६ २०७६, सोमबार

पोखरा,६ साउन –  पोखराको भलाम स्थित हरिहर गुफा आश्रममा पहिलोपटक बृहत रुपमा वोलवम मनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को संयोजन र हरिहर गुफा आश्रमको आयोजनामा पहिलो पटक कलश यात्रा सहित बोलवम मनाइएको हो । पोखराको कालीखोला र सेती नदीको दोभान स्थल रिठेघाट घाट त्रिवेनीधामबाट मुडुलो चौतारो, भलामखोला मोटरेबल पुल, चण्डी देउराली हुदै कलश यात्रासहित भक्तजनहरु हरिहर गुफा परिसरमा पुगेका थिए । भक्तजनहरुले पञ्चेवाजा, भजनकृतन, जल कलश यात्रा सहिती सेती नदीको जल लिएर हरिहर गुफा आश्रम परिसरमा रहेको शिवलिङमा जल चढाएका थिए ।
पहिले पहिले मन्दिरमा जल चढाएर पुजाआजा गरिदै आएको भएतापनि यो वर्षदेखी पोखरा महानगर वडा नम्बर २० को संयोजनमा सेती नदी र कालीखोलाको संगम स्थल रिठेघाटबाट कलशयात्रा गरी हरिहरगुफा परिसरमा पुगी वोलवम मनाइएको आश्रमका कार्यवाहक अध्यक्ष अर्जुन बहादुर खत्रीले जानकारी दिए । खत्रीका अनुसार साउनको चार वटै सोमबार वोलवम यात्रा गरिने छ । पोखरा महानगरपालिका वडा नम्बर २० मा धार्मिक पर्यटन भित्रयाइ एकमात्र पुरानो धार्मिक स्थल हरिहर गुफाको प्रचार प्रसार र महत्वको बारेमा जानकारी दिनका लागी पहिलो पटक वोलवमको आयोजना गरिएको वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । वडा नम्बर २० विभिन्न सम्भावना वोकेको वडा भएतापनि महानगरले त्यति ध्यान नदिइरहदा स्थानिय स्तरबाटै हरिहर गुफाको प्रवद्र्धनका लागी यो पटक देखी साउने सोमबारलाई वोलवम पर्व मनाउन लागिएको उनको भनाइ रहेको थियो ।
हरिहर गुफामा वोलवम मनाउनका लागी पोखराको दीप, बगर, लामाचौर, घार्मी, भलाम, फुलबारी, काँहु, मौजा, मोहोरिया लगायतका ठाउका भक्तजनहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->