बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मुख्यमन्त्रीद्धारा सदाचारमा जोड

मुख्यमन्त्रीद्धारा सदाचारमा जोड


  • Dhorpatan News
  • साउन ७ २०७६, मंगलबार

पोखरा,७ साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनीतिमा शुद्धिकरण आवश्यक रहेको स्वीकार्दै जनप्रतिनिधिहरुले सादगी जीवन पद्धती अगाल्नु पर्नेमा जोड दिएका छन् । उनले प्रदेश सरकारका उपलव्धिको संरक्षण गर्दै कमी कमजोरीका क्षेत्रलाई सुधार गर्दै अगाडि बढने प्रतिवद्धता पनि जनाएका छन् । मुख्यमन्त्री गुरुङ सोमबार काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एशिया फाउण्डेसनद्धारा सर्मेक्षण गरिएको तथ्याङ्क सार्वजनिकीकरण कार्यक्रममा बोल्दै थिए ।
उनले गण्डकी प्रदेश विकास निर्माणमा अन्य प्रदेशभन्दा अघि नै देखिएको दावीगर्दै कमी कमजोरी देखिएका क्षेत्रलाई क्रमश सुधार गर्दै अघि बढ्ने जनाए । तथ्याङ्कले भावि कार्ययोजना तय गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा उनको थियो ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गलत तथ्याङ्कले योजना निर्माण एवम् त्यसको कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने भएकोले सही तथ्याङ्कक आवश्यक भएको बताए । कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका डा.धिरज गिरीले ७३ जिल्लाका १८ बर्ष माथि उमेरका सात हजार ५६ व्यक्तिलाई छनोट गरि तथ्याङ्कक सर्भेक्षण एवम् विश्लेशण गरि निष्कर्ष निकालीएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->