पोखरा,१० साउन – पोखरामा श्रीमतीले हानेको धारिलो हतियारबाट श्रीमानको मृत्यु भएको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार पोखरा–१८ गोष्टेको शिवालय ठाँटी समाजघरमा बस्दै आएका ५० वर्षीय सुकराम विकलाई बुधबार राति उनकै श्रीमती सीता परियारले दाउले हानेकी थिइन् । लोग्ने स्वास्नीबीचको झगडाकै क्रममा दाउको प्रहारबाट घाइते भएका शुकरामलार्य स्थानीय मातृशिशु अस्पताल लगिएकोमा उनको बिहीबार मृत्यु भएको थियो । प्रहरीले सीतालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
यता, गोर्खाको पालुङटार नगरपालिका–५,¥यालीभन्ज्याङमा पर्ने मस्र्याङ्दी नदीको किनारामा एक जनाको शव भेटिएको छ । परिचय नखुलेको सो शव ५० वर्षीय पुरुषको भएको प्रहरीको भनाई छ ।
यसैगरी,तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटार बस्ने ६३ वर्षीय हीराबहादुर आले सेती नदीमा हाम्फालेर बेपत्ता भएका छन् । उनको खोजतलास भइरहेको छ ।





