पोखरा,१३ साउन- लायन्स क्लब अफ पोखरा लालिगुरास र लायन्स क्लब अफ वर्किड्ड टुगेदरको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।तिव्रेकोट सामुदायिक वन उपभोक्त समूहको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा ८० वटा निमपत्ताका विरुवा रोपिएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ पोखरा लालिगुरासका एक्टेन्सन चियर पर्सन तथा लायन्स क्लब ३२५ वि वान डिष्ट्रिकका पिआरओ मोतिराज तिमिल्सिनाले सामाजिक सेवाका कार्यक्रममा क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । रिजन चियर पर्सन दुर्गाकुमारी आचार्यले डिष्ट्रिक गर्भनरले ल्याएका कार्यक्रम सफल बनाउन क्लबको महत्वूर्ण भूमिका रहने बताइन् ।
जोन चियर पर्सन सीता पहारीले क्लबले गरेका हरेक कार्यक्रममा जोनको तर्फबटा सधै सहयोग रहने प्रतिवद्धता जनाइन् ।तिव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशलाजंग कुँवरले वृक्षारोपण गरिएका विरुवाको मलजल र गोडमेलको खाँचो पर्ने बताए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा लालिगुरासका संस्थापक अध्यक्ष केशवशरण पौडेल, लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरका अध्यक्ष शंकर आचार्यले क्लबका गतिविधिका वारेमा जानकारी गराएका थिए ।लायन्स क्लब अफ पोखरा लालिगुरासका अध्यक्ष मिनराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भरतराज अधिकारीले स्वागत र सचिव प्रकाशचन्द्र सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।





