पोखरा,१५ साउन- संसारमा बातावरण बिनास बन्दैगएपछि पृथ्वी नै संकटमा परेको बैज्ञानिकहरुले बताएका छन् । ठूला र औद्योगिक राष्ट्रले गरेको बिकासले वातावरण बिनास बन्दै गएको छ । पर्यावरणसंग सम्बन्धीत जीव बनस्पतीहरु संकटमा परेका छन् । वातावरणीय प्रभावलाई सन्तुलित राख्न नेपाल सरकारले यस आर्थिक बर्षमा ५० लाख बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ । सरकारले मात्रै होईन जन स्तरबाट पनि बृछारोपण कार्यक्रम गर्न जरुरी छ ।
प्रकृति र मानव सम्बन्धलाई जोड्न लायन्स क्लब अफ पोखरा पिस टाउनले बृक्षरोपण कार्यक्रम गरेकोे छ । क्लबका सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसर पारी पोखरा महानगरपालिका वड़ा नं ११ कार्कीडाडा स्थित जयकोट सामुदायिक बन परिसरमा मंगलवार बिभिन्न जातका १ सय भन्दा बढ़ी बिरुवा रोपिएको हो ।
नेपाल सरकारका उप सचिव जिÞल्ला बन कार्यालय तनहुका प्रमुख केदार बरालले संयोजक सृजना बराललाई चेरीको बिरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि बरालले ‘वातावरण असन्तुलनका कारण हामी दैवी प्रकोपको सामना गर्न बाध्य छौें’ उनले भने ं‘वातावरण संरक्षण गर्न सक्यौं भने मात्र हामी पनि सुरक्षित हुन्छौं ।’ डिएफओ बरालले स्थानीय आमा समूह र टोल बिकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुलाई वातावरण संरक्षणका जानकारी गराएका थिए ।
लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका क्याविनेट सेक्रेटरी बिनोद ढुगानाले बृक्षारोपण गर्नु मात्र नभई यस्को संरक्षणमा लाग्न आग्रह गरे ।
यस सामुदायिक बनमा कटहर, चेरी, रुद्राक्ष, अशोका, तेजपत्ता, लप्सी, कोइरालो, पारिजात, बडहर, लगायतका करिब १ सय बिरूवा रोपिएका छन् ।
लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जयकोट सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्की, कार्यक्रम संयोजक सृजना बराल, प्रथम उपाध्यक्ष सरला तिमिल्सिना, सचिव शोभा आचार्य लगाएतले आ—आफÞनो भनाई राखेका थिए भने लायंस डिष्ट्रिक्ट ३२५ बी १ नेपाल क्लस्टर २० का क्लस्टर चिफ मदन मुल्मी, रिजन चेयरपर्सन कल्पना श्रेष्ठ, क्लबका निवर्तमान अध्यक्ष एवं डिष्ट्रिक्ट कमिटी चेयरपर्सन डा विनीता शर्मा, पूर्व अध्यक्ष सीता कोईराला क्लबका पदाधिकारी एवं स्थानीय आमा समूह र टोल बिकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उल्लेख्य उपस्थित रहेको थियो ।





